अदालतले दोभाषे राख्ने

पोखरा- गत वैशाखमा पोखराबाट एक बालयौन दुराचारी पक्राउ परे । अमेरिकी नागरिक माइकल नर्मन टेलरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढायो । उनलाई प्रहरीले अदालतमा उभ्याएपछि उनको बयान लिँदा अदालतमा समस्या आयो । उनी नेपाली बुझ्दैनथे । अंग्रेजीमै बुझाउनु पर्ने भएपछि मान्छे लगाएर दोभाषेको काम दिइयो ।
धर्म परिवर्तनको आरोपमा पक्राउ परेका ४ कोरियालीले कोरियन भाषा बाहेक अन्य भाषा बुझ्दैनथे । न अंग्रेजी बुझ्ने न त अरु भाषा नै । उनीहरुले आफ्नै दोभाषे ल्याएका थिए । सोही दोभाषेको साथमा जिल्ला प्रहरी कार्यालयमा बयान लिइयो । अदालतमा पनि उही दोभाषेकै सहयोगमा थुनछेक बहस चलाइयो ।
अदालतमा सेवा लिन आउने र नेपाली भाषा बोल्न र बुझ्न नसक्ने सेवाग्राही आए अदालतले विश्व भाषा केन्द्रबाट सहयोगी लगेर काम गर्ने गरेको छ । अदालतले अब भने अदालतमै दोभाषे राख्ने भएको छ । कास्की जिल्ला अदालतले सूचना जारी गर्दै आवेदन दिन भनेको छ । गुरुङ, नेवारी, चाइनिज, स्पेनिस, रसियन लगायत भाषा बोल्न र लेख्न सक्नेले आवेदन दिन सक्नेछन् ।
अदालतले दोभाषेसँगै स्वेच्छिक कानूनी सहायता (प्रो वोनो सेवा) दिन इच्छुक कानून व्यवसायीको सूची तयार गर्ने भएको छ । जिल्ला अदालत नियमावली, २०७४ को नियम १०४ मा प्रो वोनो सेवा बारे उल्लेख छ । प्रो वोनो सेवा दिन चाहने कानून व्यवसायीले निशुल्क सेवा दिन्छन् । असहाय, अशक्त, नाबालक र आर्थिक रुपमा विपन्न परिवारलाई उनीहरुले निशुल्क सेवा दिन्छन् । यही कामका लागि अदालतले वैतनिक वकिल पनि राख्ने गरेको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया