मुक्तिनाथ बैंकको वित्तीय साक्षरता

समाधान
मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थी भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजनामा जानकारी दिएको हो ।
बैंकले ‘आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता’ मूल आशयले विरगंज महानगरपालिका ११ पर्सास्थित विरगंज क्याम्पसमा जोखिम न्यूनीकरणका लागि बिमाको प्रयोग, सफा नोट बारेमा प्रशिक्षण दिएको थियो । साक्षरता कार्यक्रममा सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाको प्रकार लगायतको विषयमा वित्तीय चेतना अभिवृद्धि गराएको बैंकले जनाएको छ ।
विद्यार्थीलाई आय र ब्यय लेखाजोखा गर्ने, फजुल खर्च कम कसरी गर्ने लगायतका विषयमा ज्ञान दिइएको थियो । कार्यक्रममा १ सय जना विद्यार्थीको सहभागीता थियो । बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५ हजार ३ सय ८० जना स्थानीय तथा विद्यार्थी सहभागी भइसकेको बैंकको दावी छ ।
कार्यक्रममा प्राचार्य विनोदकुमार गुप्ताले मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरतामार्फत विद्यार्थीमा वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिवृद्धि गराउन सफल भएको धारणा राखेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया