एमाले अधिवेशन : पाेखरा १५ मा भोजबहादुर गुरुङ सर्वसम्मत

समाधान संवाददाता २०७८ कार्तिक ६ गते १५:३९

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को शनिबारको अधिवेशनमा पोखरा महानगरपालिका १५ काे अध्यक्षमा भोजबाहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

एमालेको विधानमा वडा कमिटीमा ५ पदाधिकारी रहने व्यवस्था छ । उपाध्यक्षमा खेमबाहादुर थापा, सचिवमा पार्वती कार्की, उपसचिवमा मन्दीरा परियार र अशिस भण्डारी सर्वसम्मत चयन भएका हुन् । यी सहित महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय समिति निर्वाचित भएका हुन् ।

गाउँपालिकाको वडा कमिटी ३१ सदस्यीय र महानगरपालिकाका वडा कमिटी ५१ सदस्यीय हुने व्यवस्था छ । सबै वडा कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था अनुसार महिला सहभागिता गराईएकाे छ । आज कास्कीका ५ पालिकाका ७२ वटै वडामा एकै साथ प्रथम वडा अधिवेशन तथा कात्तिक ९ गते पालिका अधिवेशन देशव्यापी रुपमा एकै पटक गर्न लागेको हो । अहिलेको अधिवेशनलाई एकता अधिवेशन बनाउने सोच अनुसार अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व हुने भएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया