देश विकासमा वाधक नेपाली राजनीति?

टंक गैह्रे २०७८ कार्तिक २१ गते १४:२२

नेपाली राजनीतिलाई नियालेर हेर्ने हो भने नेपालकाकुनै पार्टीहरुले सहि दिशावोध गरेको पाँइदैन । नेपालका राजनीतिक पार्टीहरुको कारण नै देशले विकासको लय लिननसकेको हो ।


नेपालको राजनीतिइतिहासमा नेपालीकाँग्रेसले खेलेको महत्वपूर्ण भुमिका नेपालीजनतालाई विदितै छ ।काँग्रेसभित्रआन्तरिक प्रतिस्पर्धा नभएर गुटगत प्रतिस्पर्धाले निम्ताएको परिणामको पार्टीले लेखाजोखा गरेको पाँइदैन ।पार्टी संरचना निमार्णमामूल्यांकनगर्ने परिपाटी पटक्र्कै छैन । नेताहरु खाली गफलडाउदै हिडने, चाकडी , चाप्लुसी, नातावाद र कृपावादमा सीमित रहेको पाईन्छ । नेकपाएमाले, माओवादी , एस, राप्रपा , सबै पार्टीको गतिविधि केवालअनुहार प्रर्दशनमा केन्द्रित रहेका छन । अहिले पार्टीमा नेताभनाँउदाव्यक्तिmहरुको काम के हो ? पेशाव्यवशाय के हो ? कहाँबाट चिल्ला गाडी चढने सम्पतिआर्जन भयो । छोराछोरी विदेशीविश्वविद्यालयमा के खर्चले अध्ययन गरेका छन । यावतप्रश्नहरुको वर्षा आम नेपालीजनतामानिहीत रहेको छ ।

Advertisement


राजनीति समाज रुपान्तरणका लागिहुन पर्नेमा केवलशक्तिmआर्जन गर्ने माध्यमकालागिभएको मात्रपाइयो । शक्तिआर्जन केकालागिभन्दाअन्तत्वगत्वा समाजमा रोवरवाफ देखाउने माध्यम भयो । पैसा के कालागिभन्दा गरीब जनतालाई आश्वासन बाढनका लागिभएको पाइयो । राजनीतिमा सेवाभाव हराँउदै गएको छ । अब नेपालमायुवाहरुले राजनीतिकदलकागतिविधिहरुलाई, पार्टी कार्यकर्ताकागतिविधिहरुलाई गम्भीर रुपमानियालेर चनाखो राख्नै पर्दछ । कामनगरी खाने प्रवृतिहावीभएको छ । समाजमा लुट, चोरी, डकैती, हत्या, हिंसा अप्रत्यक्षरुपमा राजनीतिक संलग्नतामाहुने गरेका छन । विदेश पलायनबाट नै देशको अर्थतन्त्रधानिएको छ ।


राजनीतिमा अस्वस्थ्य प्रतिस्पर्धा भएको पाईन्छ । वैचारिक छलफल नभई महाधिवेशनहुने गर्दछ । आलोचनात्मक चेत सबै कार्यकर्तामा छ तथापिव्यक्त गरेको पाँइदैन । अहिले चियापानको संस्कृति बढिरहेको छ । एकजनाकार्यकर्ता १० ठाँऊको चियापानकार्यक्रममा जान्छ । उसले १ दिन बेकारमा फाल्छ । एकजना नेताको पछिपछि दिनभरि हजारौ खर्च गरेर नेताको पछि पछिकार्यकर्ता दौेडन्छ आखिर समय बर्बाद बाहेक केहीपाँऊदैन । यस्ताखालकागलतप्रवृतिलाई तल्लोस्तरबाटै रोक्न जरुरी छ ।

Advertisement

नेताआउँदाकार्यकर्ता देखाउने प्रवृतिले पनिगलत संस्कृतको विकास गरेको छ । नेतापनिखाली भाषण गर्नेभन्दा केहीउपलब्धिकार्यमा समय व्यतितगर्दा राज्यलाई , घरपरिवारलाई फाइदाहुन्थ्यो कि?
नेपालमाविकास भएको संस्कृतिभनेको भाषण गर्ने संस्कृतिहो । वैचारिक बहसभन्दा पनिअर्कोलाई तल्लोस्तरको गालीगलोज गरेर नेताबन्ने खराब परिपाटी विकसितभएको पाइन्छ । स्वच्छ प्रतिस्पर्धा भएनभने वैचारिक विचलन आँउछ अहिले नेताहरुमा वैचारिक विचलनआएको पाईन्छ ।अहिले गाँऊगाँऊमा नेताजाँदा मेलापातो छोडेर नेताको पछि लागेको पाईन्छ । मेला ठूलो नभई नेता ठुलो मानिएको छ । नेता त आम सर्वसाधरण भन्दापनितल्लोस्तरको व्यक्तिहो । तर समाजमा नेतालाई बढी प्राथमिकतादिदाजनताले दुःख दर्द पाईरहेका छन । नेपालीजनतानिराशामा छन । नेपालमाविकासको वाधक नेपालीजनतानभएर यहाँका नेता , नेतृत्व, गर्ने व्यक्तिmहरु हुन ।हामीआफनो कर्म गर्न तर्फलाग्योै
नेतापनिकर्म गर्नलाग्छ चेतनाकोस्तर माथिउकासेर प्रविधिमैत्रीविकास गर्नै पर्दछ । खाली चोक चोकमागफ लडाँउदै हिडने चियापान समारोह, भेटघाट, कामनगर्ने ठिक ठिक छ भन्दै टोलटोल हिडने, बेलुका जाँड रक्सी खाने नेताबन्न सक्दैन । नेताबन्नकालागि योग्यताभनेकै ढाँट, छलकपट, भष्ट्रचार , अनैतिकता , व्यभिचारी भएको छ यस्ता पात्र र प्रवृतिलाई समाजबाट रोकेर सभ्यअसल नैतिक , चरित्रवान नेतृत्वले समाज रुपान्तरण गर्ने पर्दछ । समाजमा रहेका खराबमनोविज्ञानहरुलाई चिर्ने पर्दछ । योजना , लक्ष्य, उदेश्यसहित स्पष्टरुपमा अगाडि बढेमाआगामीदिनमा नेपालीजनताले साथ सहयोग अवश्यगर्ने छन ।खालीकामनगरीकनलखर लखर समाज परिवर्तन भनेर हिँडदा नालायकपात्रभनेर समाजकाबौदिकव्यक्तित्वले भन्न पर्दछ अनिबल्ल नेतृत्वले विचार गर्दछ । वैचारिक अभियानको शिलशिलामाजाहेजहाँसुकै विचारप्रवाह गरोस् उसको मूल्यांकनगर्न पर्दछ । असल नेतृत्वको खोजीमा नेपालीजनता रहेका छन । हरसम्भवआजकादिन देखि सबै नेतृत्वले असलहुने प्रयत्न गरौं । संस्कारवान राजनीतिको विकास गरौं । बेकारमा समय व्यतितगर्ने प्रथा र प्रवृतिनिरुत्साहित गरौं ।


राजनीतिभनेको पार्टीकाकार्यक्रममाजाने , चोक चोकमा हिँडने, पार्टीका नेताको चाकरी गरेर पद प्रतिष्ठा प्राप्तगर्ने, अनुहार प्रर्दशनगर्ने, भष्ट्रचार गरी जाँड रक्सी खाई अनेक खालको तिकडम गर्ने पात्र र प्रवृति रोक्र्नै पर्दछ । देश विकासको गति, यति , लय लिननसक्नुमा नेताको मात्रनभएर जनताको पनि समर्थन रहेको छ । अब नेपालीजनताले समयमै नेताहरुमाथिप्रश्नचिन्ह खडा गरेर देश विकासको यात्रामा सहयोग गर्ने पर्दछ । समयलाई आत्मसाथगरि नेतृत्वले बेरोजगारी समस्यालाई समाधान गरी रोजगारीकाअवसर सिर्जनागर्ने जरुरी छ । वैदेशिक रेमिटान्सका भरमाचलिरहने हो भने नेपालवृद्ध वृद्धाको देशमा रुपान्तरण अवश्य हुन्छ । नेपालीजनताको मनोविज्ञानको गम्भीर विश्लेषण गर्ने नेपालमा सक्रिय राजनीतिकदलहरुलाई जरुरी छ । नेपालीजनताको राजनीतिक नेता, प्रणालीप्रति धेरै वितृष्णा जागि सकेको पाईन्छ । यस अवस्थाले प्रजातान्त्रिक प्रणाली असफलहुन सक्छ । प्रजातन्त्रमाजनताको जनभावनाकदर नगरी नेताको निर्देशन मात्रअनुशरण गर्ने परिपाटीले देशको विकासमावाधकभई सफलताहासिलगर्ने सक्दैन ।२१ औं शताब्दीमा गाँऊगाँऊगएर गफ लडाई राजनीतिगर्ने पात्र र प्रवृति परम्परा अब परिमार्जन र परिष्कृत गर्ने जरुरी छ ।

टंक गैह्रे

गैह्रे स्याङ्जा निर्वाचन क्षेत्र नं २ क का बासिन्दा हुन् । 

तपाईको प्रतिक्रिया