सबै विद्यालयमा संस्कृत पढाऊ- मेयर रामचन्द्र जाेशी

समाधान संवाददाता
पर्वत
संस्कृत भाषा लोप हुन नदिन कुश्मा नगरपालिकाका सबै निजी तथा सामुदायिक विद्यालयमा संस्कृत भाषा अनिवार्य विषयका रुपमा पठनपाठन सुझाव दिइएको छ । पर्वत सदरमुकाम कुश्मास्थित कालीगण्डकी एकेडेमी विद्यालयको २३ औं वार्षिकत्सव तथा अभिभावक भेलामा कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले उक्त कुरामा जोड दिएका हुन् । विद्यालयका प्रधानाध्यापक तथा प्याब्सन केन्द्रीय सदस्य वसन्त कर्मचार्यले राखेको प्रस्तावमा मेयर जोशीले समर्थन जनाए ।
मेयर जोशीले भने, ‘संस्कृति माथि प्रहार भइरहन्छ,जब यसको प्रयोग हुँदैन । पछिल्लो समयमा मौलिकता भुल्न पछिल्लो पुस्ता अग्रसर भएको भन्दै सबै नगरभित्रका विद्यालयलाई नयाँ शैक्षिक सत्रमा संस्कृत शिक्षा पठनपाठन सुरु गर्न अनुरोध गरेका छन् । मेयर जोशीले नगरशिक्षाले शिक्षाको गुणस्तर सुधार्न गरेको अभियान फलदायी भएको दाबी गरे ।
वार्षिकोत्सवका अवसरमा अभिभावक र विद्यार्थीबीचको सम्बन्धबारेमा प्रशिक्षण दिँदै मनोविज्ञानका प्रशिक्षक रमेश पराजुलीले अभिभावकाकारण छोराछोरी अधोमार्गमा लागेको निष्कर्ष सुनाए । उनले अभिभावकको असल बानीको अनुसरण गर्ने अभ्यासको थाननी घरबाट हुनुपनेमा जोड दिए । उनले भने,‘जब शिक्षकलाई अभिभावले सम्मान गर्छन् तब मात्रै विद्यार्थीले राम्रो आचारण अनुसरण गर्छन् । उनले अभिभावक, शिक्षक र विद्यार्थीबीच त्रिकोणत्मक सम्बन्ध रहनुपर्ने बताए ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपमेयर सीता काफ्ले लामिछाने, कुश्मा नगरपालिका शिक्षा उपसचिव रुद्रनारायण सापकोटा, गुप्तेश्वर क्याम्पस प्रमुख सुवास पन्त, अभिभावक प्रकाश सुवेदी, प्याब्सन पर्वतका अध्यक्ष बलराम शर्मा, वडाध्यक्ष चित्रकला शर्मा, विद्यालय शिक्षक गोविन्द पौडेल लगायतले बोलेका थिए । सो अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया