मुस्ताङमा एसइइकाे तयारी

सुन्दरकुमार थकाली
मुस्ताङ
हिमाली जिल्ला मुस्ताङमा यस वर्षको एसइईमा १ मात्र परीक्षा केन्द्र तोकिएको छ । एसइई परीक्षा तयारी अन्तिम चरणमा पुगेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय मुस्ताङले जनाइएको छ । यस वर्ष १ सय ५६ विद्यार्थीले एसइई दिँदै छन् । यसमध्ये छात्रा ८४ जना र छात्र ७२ जना छन् ।
८ वटा विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी जनहित मावि जोमसोमका छन् भने सबैभन्दा कम जनबाल मावि मार्फाका छन् । जनहितका ३६ र जनवालका ६ जनाले एसइइ दिँदै छन् । मुस्ताङमा ७ सामुदायिक र १ निजी माध्यमिक विद्यालय छन् । जनहितबाछ नियमित ३० र खुला ६ जना गरी ३६ जना, जनवालबाट ६ जना, योगेन्द्र मावि टुकुचे १६, जनआर्दश मावि कोवाङ २०, ज्ञानोदय मावि लेते २९, जनशान्ति माविक कागबेनी १२, दिव्यदीप मावि छोसेर ९र धौलागिरी आवासीय मावि जोमसोमका २५ जना एसइईमा सहभागी हुँदै छन् ।
मुस्ताङमा हुने एसइई परीक्षा केन्द्र सदरमुकाम जोमसोमको जनहित मावि तोकिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मतिलाल चपाईले प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला आइसकेको जानकारी दिए । परीक्षाका लागि १ केन्द्राध्यक्ष, १ सहायक केन्द्राध्यक्ष र ८ जना निरीक्षक परिचालित हुने छन् ।







अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
माधव वियोगी साहित्य पुरस्कार विनोदीलाई, उदासी र घिमिरेलाई सम्मान
तारकाङमा डेंगी अभिमुखीकरण
पोखरा १५ मा नागरिक सुनुवाइ
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया