गल्कोटमा जलविद्युत परियोजनाको काम धमाधम

बागलुङ, ताराप्रसाद शर्मा
बागलुङ गल्कोट नगरपालिका ११, रिघामा करिब २ अर्बको लागतमा ९ दशमलव ६ मेगावाट क्षमताको विद्युत उत्पादनको काम तीव्र गतिमा भइरहेको छ । १ अर्ब ८८ करोडको लागतमा विद्युत परियोजनाको काम भइरहेको हो । सिभिल वर्कको ठेक्का रामेछाप शेर्पा कन्सट्रक्सनले लिइरहेको छ भने हाइड्रो मेकानिकल कामको जिम्मा नर्थ हाइड्रोले पाएको छ ।
करिब १६ महिनाको अवधिमा विद्युत उत्पादनको काम पूर्ण गरी केन्द्रीय प्रसारणलाइनमा जोडिने भएको छ । गत वैशाखबाट निर्माण थालिएको आयोजनाको बाँध निर्माणको काम २ महिनादेखि तीव्र गतिमा भइरहेको छ ।
आगामी असार मसान्तसम्म पाइपलाइन विस्तार गर्ने गरी ५० प्रतिशत काम सम्पन्न हुनेछ भने करिब ४ हजार २ सय ५० मिटर पाइप विस्तार गरी मनेवामा पावरहाउस निर्माण गरी ९ दशमवल ६ मेगावाट क्षमताको विद्युत उत्पादन गर्न लागिएको दरमखोला हाइड्रो इनर्जी कम्पनीका अध्यक्ष नीरज पुनले जानकारी दिए ।
विद्युतका लागि लगानी भने ३० प्रतिशत स्थानीय तथा बाँकी ७० प्रतिशत बंैकले गर्ने भएको पुनले बताए । जस अनुसार ५७ करोड रुपैयाँ स्थानीयले जम्मा गर्ने छन् र जसका लागि ७ कम्पनीले लगानी जुटाउने छन् । बाँकी विभिन्न बंैकमार्फत ऋण लगानी हुने पुनको भनाई छ ।
स्थानीयले हालसम्म आफूहरूले जम्मा गर्नुपर्ने रकमको ५० प्रतिशत अर्थात् करिब ३० करोड रुपैयाँ उठाइसकेको र लगानी जुटाउने क्रम जारी रहेको जनाएका छन् । केही महिनापछि पावरहाउसको काम सुरु गरिने र आगामी १६ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गरी विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिने अध्यक्ष पुनले जानकारी दिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया