‘पुँजी र प्रविधि सरकारले दिन्छ’

अर्जुन काफ्ले
स्याङ्जा
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषकलाई व्यावसायिक तथा आधुनिक कृषि प्रणालीमा आकर्षित गर्न आवश्यक पुँजी र प्रविधि सरकारले दिने बताएका छन् ।
वर्तमान समयमा कृषकलाई आवश्यक पुँजी र प्रविधि उपलब्ध गराउन सरकारका केही कमजोरी भए पनि संघीयताको सफल कार्यान्वयनसँगै कृषकलाई पुँजी, प्रविधि र बजारको व्यवस्थापन गर्ने जिम्मा सरकारले लिने बताए ।
वालिङ नगरपालिका १० मदिखोला फलफूल र तरकारी संकलन बिक्री कक्ष तथा बिक्री कार्यक्रमको शुभारम्भ गर्दै कृषिको विकास, प्रवद्र्धन, प्रशोधन र बजारीकरण बिना मुलुकमा समृद्धि सम्भव नरहेको मन्त्री थापाले बताए । उनले भने,‘संघीय, प्रदेश र स्थानीय तह गरी ३ वटैै सरकारले कृषिबिना समृद्धि हुँदैन भन्ने बुझिसकेको छ ।’
व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै मन्त्री थापाले माटो हावापानीको परीक्षणसमेत आवश्यक रहेकाले उत्पादन अभिवृद्धिमा जोड दिए ।
प्रदेशले ४ सय मोडल फर्मको योजनाका अघि सारेको बताउँदै उत्पादन गर्ने तरिका प्रविधिमैत्री हुनेपर्ने उल्लेख गरे ।
५ वर्षभित्र सरकारले प्रत्येक घरको आम्दानी २० देखि २५ हजार सामान्य कृषिबाटै गर्ने लक्ष्यका साथ अगाडि बढेको भन्दै किसानलाई चाहिने भूमिको व्यवस्था गर्न भूमि सुधार मन्त्रालय भूमि नीति निर्माणको चरणमा रहेको बताए । उनले बाँझो जमीन नराख्न, सके आफैं उत्पादनमा लाग्न र नसके व्यावसायिक कृषि तथा पशु फर्मका लागि भाडामा दिन किसानसँग आग्रह गरे ।
कृषि पकेट क्षेत्र अन्र्तगत कहाँ कुन वस्तुको उत्पादन बढी हुन्छ सोही अनुसार लाग्नुपर्नेमा मन्त्री थापाको जोड थियो । कार्यक्रममा गण्डकी प्रदेशका विधायन समिति सभापति मोहन रेग्मीले ३ तहको सहकार्य र समन्वयबिना समृद्धि हुन नसक्ने भन्दै विकासको पहिलो पूर्वाधार सडक भएको बताए ।
विकास सबैको साझा एजेन्डा भएको भन्दै साझा एजेन्डालाई मूर्त रुप दिन सहकार्य आवश्यक भएको औंल्याए । उनले भने, ‘साझा दायित्व विकासलाई सबैले हस्तक्षेत्र नगरौं ।’
प्रदेश सरकार कानुन निर्माणको रुपमा पहिलो वर्ष पार गरेको र २२ वटा कानुन निर्माण गरेको बताउँदै रेग्मीले प्रदेशका कानुन संघ र स्थानीय तहसँग नबाझिएको बताए ।
कार्यक्रममा नगरप्रमुख दिलीपप्रताप खांँण, कृषि ज्ञान केन्द्रका प्रमुख लोकेन्द्र बोहोरा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, उद्योग वाणिज्य संघ अध्यक्ष शोभाकान्त पौडेल, बौद्धिक धर्म परिषदका उपाध्यक्ष टीकाराम डुम्रे, बाख्रापालक कृषक रुक्मागत ढकाल लगायतले बोलेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया