‘पोखरामा प्रमोद खरेल’लाई ‘द कल्चर रिसोर्ट’ र ‘बाजेको सेकुवा’को साथ

पोखरा, १३ चैत ।
म्यूजिक इभेन्ट ‘पोखरामा प्रमोद खरेल’को होटल पार्टनर र रेस्टुरेन्ट पार्टनर तय भएका छन् । इभेन्टको व्यवस्थापक कम्पनी बार्दली मिडिया प्रालिका अनुसार होटल पार्टनरमा ‘द कल्चर रिसोर्ट’ र रेस्टुरेन्ट पार्टनरमा ‘बाजेको सेकुवा’ले सहकार्य गरेका छन् ।
चैत २२ गते पोखरा सभागृहमा हुने म्यूजिकल इभेन्ट ‘पोखरामा प्रमोद खरेल’ अन्तरगत यी दुई व्यवसायिक संस्थानहरुले ‘हस्पिटालिटी’सम्बन्धि सेवा दिनेछन् । ‘व्यवसायिक रुपमा हामीले सहकार्य गरिसकेका छौँ । र, इभेन्टको सफलतालाई लिएर हामीसँग सहकार्य गर्ने कम्पनीहरुप्रति हामी कृतज्ञ छौँ ।’ बार्दली मिडिया प्रालिका प्रबन्ध निर्देशक मन क्षेत्रीले भने–‘हस्पिटालिटी क्षेत्रमा अब्बल ठहरिएका होटल र रेस्टुरेन्टसँगको सहकार्य हाम्रो लागि फाइदाजनक कुरा हो ।’
त्यसो त इभेन्टको प्रभावकारिता देखेरै आफूहरुले व्यवसायिक रुपमा सहकार्य गरेको होटल र रेस्टुरेन्ट संचालकहरुले बताएका छन् । ‘यो इभेन्टसँग जोडिँदा व्यवसायिक लाभसँगै सामाजिक उत्तरदायित्व वहनको महशुस हामीले गर्न पाएका छौँ ।’ बाजेको सेकुवा पोखराका संचालक एकराज गिरीले भने । त्यस्तै होटल ‘द कल्चर रिसोर्ट’का संचालक प्रकाश कार्कीले पोखरामा प्रमोद खरेल कार्यक्रमसँग जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।
नागढुंगास्थित रेस्टुरेन्ट ‘बाजेको सेकुवा’ मटन स्वादका लागि चर्चित छ । त्यस्तै यही रेस्टुरेन्टसँगै यसका संचालकहरुले दिव्यश्री होटल र पार्टी प्यालेस संचालन गर्दै आएका छन् । त्यस्तै ‘द कल्चर रिसोर्ट’ पनि यसको भव्य सेटिङको कारण चर्चामा छ । इन्टेरियरसँगै यहाँको सेवा सुविधा पनि उत्कृष्ट रहेको यसका संचालक दाबी गर्छन् । रिसोर्टमा हाल १८ वटा डिलक्स रुमहरु छन् ।
यसअघि इभेन्टको प्रोमोटेड बाइ टाइटलमा टार्गेट इन्टरनेशनल एजुकेशनले सहकार्य गरिसकेको छ । एभिन्यू ग्रुप अफ कमर्शको आयोजना र मनिटरिङ पिस फाउन्डेशनको सहआयोजनामा हुने कार्यक्रम ‘पोखरामा प्रमोद खरेल’का लागि आयोजकले अन्तिम तयारी गरिरहेको छ ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया