उद्यमशीलताको छलाङ मार्दै ‘भट्टचन’ दम्पती

सुन्दरकुमार थकाली,
मुस्ताङ
मुस्ताङ सदरमुकाम जोमसोमक्षेत्रमा प्रायजसो घरका व्यक्ति पर्यटन व्यवसायमा रमाईरहेका छन् । सदरमुकाम भन्दा बाहिरका समूदायले पनि परम्परागत कृषि व्यवसायलाई पछ्याईरहेको पाउँछौं । तर फरक यही छ मुस्ताङमै जन्मिएर स्थानीय स्तरमा उद्योग व्यवसाय संञ्चालन गर्न खोज्नु चुनौतिपूर्ण छ । हिमाली जिल्ला मुस्ताङमा कम जनसख्या, सीमित बजारिकण र यहाँको भौगोलिक बिकटता लगायतले उद्योग प्रर्वद्धनका निमित्त मुख्य चुनौति मानिन्छ ।
मुस्ताङको थासाङ २ कोवाङका एक जोडीलाई भने यतिखेर गाउँमै साना उद्योग रुपमा संञ्चालन गरिएको बेकरी उद्योग संम्हाल्न भ्याई नभ्याई भएको छ । पूख्यौली घर कोवाङ भएपनि यि दुई दम्पती लामो समय देखि जोमसोममै घरजम तथा उद्योग गरेर बसेका हुन् । उसताकाको कुरो ।जुनबेला रमेश भट्टचन र निर्मला भट्टचन बैवाहिक लगनगाँठोमा बाधिन पुगे । दाम्पत्य जिवनमा बाधिएका यि जोडीले करिव ४० को दशक ताका जोमसोममा बेकरी उद्योग खोले । उद्योग भएको घर उनीहरुको आफ्नै थियो । यसअघि उनीहरुको घर लिजमा लिएर कोवाङका श्याम शेरचनले विश्व पाउरोटी उद्योग खोलेका थिए । श्याम शेरचन थप अवसरका लागि उद्योग त्यागेर शहर पसेपछि यसको संरक्षण भट्टचन दम्पतीले संम्हाल्न पुगे ।
४० को दशक ताका यि दुई जोडीले माटो र छटको पाउरोटी भट्टीको उद्योग सुरु गरेका थिए । त्यसताका मुस्ताङमा यातायात थिएन , नत अहिलेको जस्तो बिजुली बत्तीनै थियो । पाउरोटीलाई चाहिने मेट्रियल देखि उत्पादित बस्तुको बजारिकणमा समस्या उस्तै थियो । पाउँरोटी भट्टीका लागि दाउराको जोहो गर्नुपर्ने र लागत खर्चको समस्या पनि उस्तै थियो । तैपनि उनीहरुले कारखानालाई जेनतेन धानिरहे । थालेको उद्योगबाट आशालाग्दो संम्भावना नदेखेपछि निर्मलाका श्रीमान उ समय रमेश बिदेश पसेका थिए । १० वर्ष जापान बसेका रमेशले गाउँमा बिजुली बत्ती बिस्तार भएको थाहा पाएपछि उनलाई गाउँ ठाउँमै बसेर कर्म गर्ने उत्साह पलायो ।त्यसपछि उनी ५० को दशकमा मुस्ताङ फर्किए ।
साविक पाउँरोटी उद्योगलाई बिस्तार गर्ने उनको एउँटै लक्ष्य रह्यो । श्रीमान बिदेशी पसेपछि मुस्ताङमा पाउँरोटी उद्योग निर्मलाले धानिरहेकी थिईन् । बिदेशको गुलाम गर्नुभन्दा आफ्नै देशमा उद्यमशीलता गर्ने र भईरहेको उद्योग संरचनाको स्तरोन्नति गर्ने सोच उनमा पलायो । बिदेशबाट फर्किएका भट्टचनलाई बेकरी उद्योगमा राम्रो संम्भावना भएको उनका साथी बिष्णुलाल थकालीले उनलाई सुझाए ।
त्यसो त उनले आफ्ना पुराना कर्मचारी फिस्टेल लजका कुकबाट पनि बेकरी संम्वन्धि ज्ञानशिप प्राप्त गरिसकेका थिए । मुग्लानबाट जोमसोम आएका उनले विश्व पाउँराटी उद्योगलाई प्रविधि मैत्री बनाउदै फरक ढङ्गले संञ्चालन गर्न थाले । अहिले उनको उद्योगले साँढे ३ दशकको फड्को मारिरहको छ । तैपनि उद्यागबाट थाकेका छैनन् भट्टचन दम्पती । उनीहरुले बेकरी उद्यागलाई एड्भान्स स्तरको आधुनिक बनाउने योजनामा छन् ।
मुस्ताङमा उद्योगका रुपमा बिकास भईरहेको एउँटै मात्र बेकरी उद्योग हो जोमसोम मोर्डन बेकरी । उनको उद्योगमा अहिले करिव १५ लाख बढीको बेकरी उद्योगका पूर्वाधार छन् । मध्यम लगानी, आशालाग्दो कमाईले बिदेशको डलर खेती उनका लागि फिक्का लागेको निर्मलाका श्रीमान रमेशले अनुभव सुनाउछन् । रमेश भन्छन्,‘ मेहनत गर्यो भने सानो व्यवसायबाट पनि उभो लाग्न सकिन्छ । नेपालीहरुमा अल्छीपनाका कारण आर्थिक बिकासमा अपवाद बनेको हो । आफ्नै देश ,आफ्नै गाउँठाउँमा आफ्नो रुचि अनुसारको ज्ञानशिप सुहाउदो व्यवसाय गर्नमा जोड दिनुपर्छ । अनि मात्र उद्यशशीलता गर्ने बानीको बिकास हुन्छ ।’
निर्मलाको बेकरीमा करिव एक दर्जन भेराईटीका बेकरी तयार हुने गर्छ । जोमसोम बे्रड,केक,बर्थ डे केक,मफिन केक,४ प्रकारका कुकिज,फ्रुड डेनिज,चकलेट,कोसेन क्रिम रोल र दुनोट लगायतका बेकरी जोमसोम मोर्डन बेकरीमा पाईन्छ । सानो लगानी र मनग्ये आम्दानी लिईरहेको भट्टचन दम्पतीको बेकरी उद्योगले छलाङको फड्को मारिरहेको छ । उनीहरुको उद्योगलाई घरेलु तथा साना उद्योगले समेत ८० हजार प्रविधि खरिदमा अनुदान सहयोग गरेको बेकरी संञ्चालिका निर्मला बताउछिन् ।
गत वर्ष मात्रै निर्मला भट्टचन सफल महिला उद्योगीको रुपमा पुरस्कृत पनि भईन् । उद्यशशीलताको प्रर्वद्धन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उत्कृष्टकार्य गरेवापत उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्मान र पुरस्कार प्रदान गरेको थियो । जिल्लामा पनि मोर्डन बेकरी उद्योगले सम्मान र पुरस्कार पाएको छ । लघु घरेलु उद्योगको क्षेत्रमा स्थानीय स्तरका बस्तु उत्पादन र बजारिकरणमा योगदान पुर्याए वापत जिल्ला घरेल तथा साना उद्योग बिकासले सम्मान गरेको हो ।
यस्तै,घरपझोङ गाउँपालिकाले समेत निर्मलालाई सम्मान गर्यो । १ सय ९ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा उत्कृष्ट महिला उद्यमीको रुपमा सम्मान गरेको निर्मलाले बताईन् ।
परम्परागत उद्योग देखि मोर्डन बेकरी सम्मको यात्रामा भट्टचन दम्पतीले वर्षेनी १० लाख बढीको मुनाफा कमाउने गरेका छन् । निर्मला भन्छिन् ,गाउँठाउँमा बसेर अपेक्षा गरेअनुसारको प्रतिफल पाएका छौं । हामीलाई कसैले यो काम सिकाएको होईन । मेहनत उर्जा भईदिए सबैकामको ढोका खुल्ला छ ।’जोमसोमको मोर्डन बेकरीमा भट्टचनका श्रीमान श्रीमतीसहित अन्य २ जनाले रोजगार प्राप्त गरेका छन् । बेकरीमा उत्पादन भएका सामाग्री उनीहरुले मुक्तिनाथ,कागबेनी,जोमसोम र घाँसा सम्म बिक्री गर्छन् । पछिल्लो समय यातायात सहजताका कारण बेकरी बजारिकणमा समस्या नभएको निर्मलाका श्रीमान रमेश बताउछन् ।
उनले जोमसोममा बिद्युत प्रशारण नियमित हुन नसक्दा उद्योग संञ्चालनमा समस्या पर्ने गरेको जानकारी दिए । मोर्डन बेकरी उद्योगमा मापदण्ड अनुसारको सरसफाईमा ध्यान दिईएको पाईन्छ । त्यसो त बेकरी खरिदका लागि धेरै उपभाक्ता उनकै घरमा धाउछन् । उनका अनुसार उपल्लो मुस्ताङमा यातायात सहज नभएकाले बेकरी सप्लाईमा समस्या परेको छ । ‘एडभान्स मेशिनको खरिद गर्ने योजनामा छु । सरकारले एडभान्स स्तरका जर्मन बेकरी तथा नाङ्लो बेकरी बनाउने तालिमको अवसर जटाउन सके राम्रो हुन्थ्यो ।’ रमेशले भने ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया