दमाैलीमा सिद्धार्थ बैंककाे स्थानान्तरण

कृष्ण न्यौपाने
दमौली
दमौलीको सफा सडकको सिद्धार्थ बैंकको शाखा व्यास नगरपालिकाको बहुउद्देश्यीय भवनमा स्थानान्तरण भएको छ । पहिले सञ्चालन भइरहेको स्थान साँघुरो हुँदासेवा प्रवाहमा असहज भएको महसुस भएपछि बैंकले नयाँ ठाउँबाट सेवा दिन लागेको हो ।
शाखाको आइतबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे । नगर प्रमुख न्यौपानेले निजी क्षेत्रबाट सञ्चालित बैंकको प्रबद्र्धनका लागि नगरपालिका तयार रहेको बताए । उनले बैंकहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिए ।
बैंकका शाखा प्रबन्धक सुरेश न्यौपानेले नयाँ ठाउँबाट सेवा शुभारम्भ भएको अवसरमा लकर सुविधा सुरु गरेको जानकारी दिए ।सामाजिक उत्तरदायित्व वहन अन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा बैंकले लगानी गर्ने योजना बनाएको छ ।
नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद पौडेलका अनुसार २०५८ सालमा स्थापित बैंकका देशभर १ सय ३९ शाखा छन् भने ७ लाख ग्राहक छन् । १ सय १० अर्ब निक्षेप संकलन गरेको बैंकले १ सय २ अर्ब कर्जा प्रवाह गरेको छ ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया