मुस्ताङमा महिला उद्यमी महासंघ

जोमसोम,
नेपाल महिला उद्यमी महासंघले बुधबार मुस्ताङमा ४३ औं जिल्ला शाखा विस्तार गरेको छ । घरपझोङ १ मार्फाकी उद्योगी सुकुन रसाइलीको अध्यक्षतामा गठन भएको महिला उद्यमी महासंघ मुस्ताङको उपाध्यक्ष कमला लालचन,सचिव दुर्गादेवी रसाइली र कोषाध्यक्ष निर्मला भट्टचनछन् ।सदस्यमा मीमकुमारी शेरचन,मोहनकुमारी शेरचन,हीरा विक,आइत थकाली,ज्ञानु थकाली,छिरिङ वाङ्मो थकाली, र पुसमाया लालचन छन् ।
नवगठित महिला उद्यमी महासंघ तदर्थ समितिलाई पूर्वसांसद श्रीमाया थकाली,घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली,महिला उद्यमी महासंघ परियोजना संयोजक बिन्दु पौडेल, महिला उद्यमी महासंघकी केन्द्रीय सदस्य तथा उद्यमी महासंघ काभ्रेकी अध्यक्ष लक्ष्मी खनाल र संस्थाकी सदस्य सोनी जोशीले बधाई तथा कार्यसफलताको शुभकामना व्यक्त गरे ।
महिला उद्यमीहरुको क्षमता अभिवृद्धि,व्यावसायिक प्रवद्र्धन, बजारीकरण र सामाजिक र आर्थिक सशक्तीकरणका निम्ति महासंघ गठन भएको हो । यसले महिला उद्यमीको उद्यमशीलताप्रति अभिप्रेरित गर्दै महिलालाई सशक्त रुपमा उभ्याएर राष्ट्र निर्माणमा योगदान पु¥याउने रहेको संस्थाले जनाएको छ ।
त्यसअघि महासंघको कार्यविधि माथि प्रकाश पार्दै संस्थाकी परियोजना संयोजक बिन्दु पौडेलले बिभिन्न दातृ राष्ट्र तथा नेपाल सरकारले प्रवाह गर्ने सहयोगमा महासंघले सेवा, सचेतना तथा सहजीकरण गर्दै आइरहेको उल्लेख गरिन् ।
पूर्वसांसद श्रीमाया थकालीले मुस्ताङमा महिला उद्यमी महासंघको उपस्थितिले महिलाहरुको जीवनस्तरमा परिवर्तन आउने उल्लेख गरिन् ।घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली मुस्ताङ उद्यमशीलाको विकासमा प्रचुर सम्भावना रहेको बताए । महासंघकी केन्द्रीय सदस्य लक्ष्मी खनालले पनि महिला उद्योगीका अवसरबारे बोलेकी थिइन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया