खैरेनीटार खानेपानीमा रामचन्द्र

समाधान संवाददाता २०७६ वैशाख १५ गते १३:४३

समाधान संवाददाता
दुलेगौंडा

खैरेनीटार साना सहरी खानेपानी तथा सरसफाइ उपझोक्ता समितिको अध्यक्षमा रामचन्द्र उपाध्याय सर्वसम्मत भएका छन् । शुक्रबार भएको १६ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले उपाध्यायको नेतृत्वमा नयाँ समिति चयन भएका हो ।

उपाध्यक्षमा लेखनारायण श्रेष्ठ, सचिवमा भानुभक्त सुवेदी र कोषाध्यक्षमा वीरेन्द्रकुमार श्रेष्ठ छन् । सदस्यमा प्रेम श्रेष्ठ, सुमित्रा थापा, खुमाया थापा र लक्ष्मी कायस्थ चयन भए । लेखा समिति संयोजकमा गायत्री पौडेल निर्विरोध चयन भइन् । समितिको बैठकले विभिन्न ५ उपसमिति संयोजकपछि चयन गर्ने नवनिर्वाचित अध्यक्ष उपाध्यायले बताए ।

Advertisement

समितिमा १ हजार ४ सय ५० उपभोक्ता छन् । केउराङ खोला, जाम्दी खोला र जाम्दी मुलको पानीले शुक्लगण्डकी नगरका ६ र ७ नंं. वडाका समथर भूभागमा २४ सै घण्टा पानी पुग्ने गरेको छ । समितिले वडा नं. ७ टुडाबाट बोरिङको पानीसमेत वितरण गर्दै आएको छ ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अधिवेशन उद्घाटन गर्दै पानीको अभाव भए उत्पादनलाई समेत असर पर्ने बताए । शुद्ध पिउने पानी उपलब्ध गराउनु नगरको दायित्व भएको उनको भनाइ छ ।

Advertisement

मेयर किसान गुरुङले दीर्घकालीन सोच बनाएर खानेपानी योजना बनाउनुपर्नेमा जोड दिए । ‘नगरका समथर भूभागमा सहरीकरण तीव्र छ,’ उनले भने, ‘अब हामीले दीर्घकालीन रुपमा सोचेर खानेपानी ल्याउनुपर्छ ।’

तपाईको प्रतिक्रिया