पर्वतकी सनम बनिन् मिस मगर नेपाल- २०१९

समाधान संवाददाता २०७६ जेठ १२ गते १२:१०

समाधन संवाददाता, पोखरा

चौथो संस्करणको ‘मिस मगर नेपाल–२०१९’को ताज पर्वतकी सनम गर्बुजामगरले जितेकी छिन् । एसटी क्रियसनको आयोजना तथा हिमाअस एजुकेसन कन्सल्टेन्सीको प्रस्तुतिमा शुक्रबार ग्रान्ड फिनालेमा अन्तिम ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै सनम मिस मगर नेपाल भइन् ।

बेस्ट लिडरसिप टाइटल अवार्डसँगै मिस मगर नेपालको ताज पहिरिन सफल उनले १ लाख रुपैयाँ बराबरको एक साताको विदेश भ्रमणमा जान पाउने भएकी छिन् । बागलुङकी सोनी पुनमगर बेस्ट स्माइल र बेस्ट फोटोजेनिक गरी २ टाइटल अवार्डसँगै फस्ट रनर अप बनिन् । उनले ५० हजार रुपैयाँ नगद पुरस्कार जितिन् ।

Advertisement

सेकेन्ड रनर अप पनि बागलुङकै सानिया पुनमगर भइन् । बेस्ट पर्सनालिटी र बेस्ट वाक गरी २ टाइटल अवार्डसँगै सेकेन्ड रनर अप भएकी सानियाले ३० हजार रुपैयाँ नगद पुरस्कार जितिन् । मिस मगर नेपालको भ्युअर्स च्वाइस अवार्ड पर्वतकी उषा अर्मजामगरले जित्न सफल भइन् । उषाले मोस्ट डिसिप्लिनको अर्को टाइटल अवार्ड पनि जित्न सफल भइन् ।

बेस्ट स्किन टाइटल अवार्ड म्याग्दीकी मेलिना चोचाङ्गीमगर, बेस्ट हेयर बागलुङकी मेलिना श्रीसमगर, मोस्ट फ्रेन्डली म्याग्दीकी अस्मिता तिलिजामगर, बेस्ट पर्फरमेन्स बागलुङकी एलिसा बुढामगर, मोस्ट इन्टेलिजेन्ट तथा मोस्ट कन्फिडेन्ट तनहुँकी रिमांश थापामगर, मोस्ट पपुलर र मोस्ट ट्यालेन्टेड गरी २ वटा टाइटल अवार्ड स्याङ्जाकी केशरी रानामगरले जितिन् ।

Advertisement

बिजेताहरूलाई गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर, विशेष अतिथि, नेपाल मगर संघका पूर्व केन्द्रीय अध्यक्ष एवं वर्तमान केन्द्रीय संरक्षक झकबहादुर थापामगर, जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामगर, नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर, प्रतियोगिताका प्रमुख निर्णायक नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगर, निर्णायक संयोजक पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष शिव थापामगर, निर्णायक एवं नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगर, निर्णायक एवं नेपाल मगर संघ, कास्कीका वरिष्ठ उपाध्यक्ष मेजर प्रेमबहादुर थापामगर, निर्णायक एवं पत्रकार मनोज घर्तीमगर, निर्णायक एवं मिस मगर पोखरा–२०१२ की सेकेण्ड रनर अप मेनका पल्लीमगर, मिस मगर नेपाल–२०१४ की सेकेण्ड रनर अप सरला थापामगर, मिस मगर तनहुँ–२०११ की फष्ट रनर अप पवित्रा थापामगर, मिस मगर तनहुँ–२०१८ वर्षा आलेमगर, रिबर्थ इभेन्ट म्यानेजमेन्टका अध्यक्ष अरुण दर्लामीमगर, मिस मगर नेपाल–२०१९ का प्रशिक्षण संयोजक रूद्र श्रीसमगर लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले मिस मगर नेपाललाई एउटा नवीनताको खोजीमा अघि बढेको कार्यक्रमको संज्ञा दिए । पर्यटन प्रवद्र्धनमा यस्ता कार्यक्रमले टेवा पु¥याउने उल्लेख गर्दै उनले नेपालमा आउने सबै पर्यटकलाई पोखरा ल्याउन प्रदेश सरकार लागिपरेको बताए । यहाँ आउने पर्यटकलाई प्राङ्गारिक खाना खुवाउन उत्पादनमा जोड दिनुपर्ने आवश्यकता मन्त्री थापामगरले औंल्याए ।

नेपाल मगर संघका पूर्व अध्यक्ष एवं केन्द्रीय संरक्षक झकबहादुर थापामगरले मिस मगर नेपाललाई आफू सुरुवात हुँदादेखि नै नजिकबाट नियालिरहेको सुनाए । ‘मिस मगर नेपाल बाहिरी देखावटी रुप मात्रै नभइ मगर युवतीहरूको प्रतिभा प्रस्फुटन गर्ने एउटा राम्रो माध्यम हो,’ उनले भने । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराका प्रबन्धक सूर्य थपलियाले नेपाल एक विविधताको देश भएको बताउँदै विविधताको संरक्षण गर्न सके मात्र पर्यटन विकासमा फड्को मार्न सकिने विचार व्यक्त गरे ।

मिस मगर नेपाल–२०१९ का प्रमुख सल्लाहकार एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम निर्देशक सुरज थापामगर, कार्यक्रम संयोजक इनिशा दुरामगर र सञ्चारकर्मी जुना थापामगरले गरेकी थिइन् । प्रशिक्षण संयोजक रूद्र श्रीसमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया