स्यामसुङका नोट १० र १० प्लस पोखरामा

समाधान संवाददाता, पोखरा
मोवाइल निर्माता सामसुङले फेबलेट नोट १० र नोट १० प्लस नेपाली बजारमा ल्याएको छ । आइतबारबाट नोट १० र नोट १० प्लस पोखरामा पनि उपलब्ध छन् ।
नोट १० को मूल्य १ लाख १६ हजार र नोट १० प्लसको मूल्य १ लाख ३५ हजार छ । गण्डकी प्रदेशका लागि सामसुङको आधिकारिक विक्रेता वल्ड वाइड कनेक्सनले मोबाइल बजारमा ल्याएको हो । वल्ड वाइडका म्यानेजिङ डाइरेक्छर सुशीलकुमार गुरुङले पहिला नै बुकिङ गरेका १ सय जनालाई नोट १० र नोट १० प्लस उपलब्ध गराइएको बताए । उनले लन्चको अवसरमा उनीहरुले विभिन्न अफर रहेको पनि पाएको जानकारी दिए ।
नोट १० मा ६.३ इन्चको डिस्प्ले छ भने नोट १० प्लसमा ६.८ इन्चको डिस्प्ले छ । त्रिपल क्यामेर रहेका यी मोबाइलमा एन्ड्रोइड ओएस ९.० सिस्टम चल्छ । यी मोबाइलमा ३ हजार ५ सय र ४ हजार ३ सय एमएएचका ब्याट्री छन् । नोट १० मा ८ जिबी र्याम र २ सय ५६ जिबी आरओएम छ भने नोट १० प्लसमा १२ जिबी र्याम र २ सय ५६ जिबी आरओएम छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया