होटल तथा किचनवयरका लागि पोखरामा खुल्यो युनिको ट्रेडर्स

समाधान संवाददाता २०७६ भदौ ९ गते १५:५८

समाधान संवाददाता
पोखरा

पोखराको लेकसाइडमा होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने ‘किचन र होटलवयर’को सोरुम युनिको ट्रेडर्स सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी खानाका परिकार मेनुमा पछिल्लो समय समावेश गरिएको भएपनि त्यसअनुरुपको किचनवयरका स्तरीय सामग्री बजारमा ल्याइएको हो ।

पहिलोपटक पोखरालक्षित गरेर ट्रेडर्स सञ्चालनमा ल्याइएको सञ्चालक सुन्दर गुरुङले जानकारी दिए । बजार विस्तार गर्ने क्रममा अनलाइन मार्फत देशभरीमै डिमान्डको आधारमा सेवा दिन सकिने उनले सुनाए । सोरुममा चाइनिज बोडिमा किचनवयर कम्पनीका सामग्रीसमेत समावेश गरिएको उनको भनाइ छ ।

Advertisement

चाइनाका विभिन्न सहरबाट सामान भित्र्याइएको अर्का सञ्चालक रोहित श्रेष्ठले बताए । कप, प्लेट, चम्चा आधुनिक तर परम्परागत जस्ता देखिने किचन तथा होटलवयरका सामग्रीले पोखराको बजारमा छिटै प्रवेश पाउने अपेक्षा लिएको सञ्चालकद्वयको विश्वास छ ।

‘लामो योजनापछि आफ्नै गृहनगरबाट व्यवसाय थालेका छौं,’ सञ्चालक सुन्दर गुरुङले भने, ‘पर्यटकीय हब पोखरामा बजार पाउनेमा हामी विश्वस्त पनि छौं । यहाँका होटल र रेष्टुरेन्ट धेरै ब्रान्ड कन्सियस भएको हुँदा पनि उत्साही भएर बजारमा आएका छौं ।’
सोरुम लेकसाइडस्थित स्ट्रिट नम्बर १५ पहारीमार्गमा अवस्थित छ ।

Advertisement

तपाईको प्रतिक्रिया