भूकम्पले अवरुद्ध तातोपानी नाका वैशाखदेखि खुल्ने

समाधान संवाददाता २०७५ पुष ५ गते ११:०२

५ पुस, सिन्धुपाल्चोक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । ०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे ।

तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ । नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उनले मितेरी पुलको पुनःनिर्माण पनि शुरु गरिएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया