कोटेश्वरमा जामः कहिले जाला घाम !
समाधान संवाददाता
२०७५ पुष ५ गते ११:०३
३ पुस, काठमाडौं । कोटेश्वरबाट पूर्वी क्षेत्रका बासिन्दा काठमाडौं छिर्दा घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ । कार्यालय समयमा पर्यो भने त २/३ घन्टै जाममा बित्छ । सडक जति नै चौडा भए पनि जाम घटेको छैन, बढेको बढ्यै छ ।
केही समयअघिसम्म सबैभन्दा बढी जामको सूचीमा कलंकी चोक अग्रस्थानमा थियो । अण्डरपास बनेसँगै कलंकी चोकमा अहिले जाममा बस्नुपर्ने बाध्यता घटेको छ । तर, कोटेश्वरमा भने तीनतिरको सडक चौडा भइसक्दा पनि जाम झन् बढेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया