पाेखरामा शिखर मेलाः ५० थरीका जुत्ता

समाधान संवाददाता २०७५ पुष १९ गते १७:५६

पाेखरा

फिटनेस स्काई स्पोर्टसको सोरुम परिसरभित्र बिहीबारदेखि शिखर सुज मेला सुरु भएको छ । मेलामा ५० थरीका जुत्ता उपलब्ध भएको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिए ।

Advertisement

पोखरेलीलाई सहज र सस्तो रुपमा जुत्ता उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको शिखर सुजले जनाएको छ । ‘यहाँ हामीले १५ प्रतिशतसम्म छुट दिनेछौं,’ प्रसाईंले भने, ‘वर्षभरिलाई पुग्ने जुत्ता एकै ठाउँमा किन्न पाइन्छ । यस्तो अवसर अब नआउन सक्छ ।’ मेलामा क्याजुअल, पार्टी सुज, स्पोर्टस सबै प्रकारका जुत्ता पाइने उनले बताए ।

नयाँ स्टकमा रहेका जुत्ता सबै क्लिरियन्स गर्ने उद्देश्य मेलाले राखेको छ । ‘स्टक क्लियरेन्स गर्न जुत्ता सोलकै मूल्यमा बिक्री गरिरहेका छौं,’ प्रसाईंले भने । मेलामा पुरुषको मात्रै नहुने नभएर महिलाका लागि पनि जुत्ता पाइनेछ ।

Advertisement

मेलामा स्कुल, कलेज र कर्मचारीका लागि आवश्यक जुत्ताहरु पनि उपलब्ध हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया