रेशमलाल चौधरीले संसद्को सुविधा पाउँदैनन्ः सभामुख

समाधान संवाददाता २०७५ पुष २५ गते १६:३५

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले हाल पुर्पक्षका लागि थुनामा रहनुभएका कैलालीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीलाई यही पुस १९ गते शपथ गराएको र शपथपछि पुनःथुनामा रहेको जानकारी गराउनुभयो । 

साथै सभामुख महराले नियमानुसार चौधरीले हाल सांसदको कुनै पनि कार्य गर्न तथा सेवा सुविधा नपाउने बारेमा सदनलाई स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाको अर्काे बैठक यही पुस २९ गते दिउँसो १२ बजे बस्नेछ । 
रासस

Advertisement

तपाईको प्रतिक्रिया