कपाल मुण्डन गरेर किरिया बसिन् सांसद उषाकला राई

समाधान संवाददाता २०७५ पुष २६ गते १६:२८

समाधान सम्वाददाता/काठमाडौं

नम्बर प्रदेशसभा सांसद उषाकला राईले कपाल मुण्डन गरेर आफ्नी आमाको काज(किरिया गरेकी छन् ।

आमाको निधनपछि राईले आफैं किरिया बस्ने निर्णय गरेकी हुन् । उनका दाजुभाई छैनन् । सांसद राईकी आमा लक्ष्मी राईको बुधबार निमोनियाका कारण निधन भएको थियो ।

Advertisement

काज(किरियामा खटिएकी सांसद राईको उनका श्रीमान् पूर्वमन्त्री शेरबहादुर तामाङले प्रसंसा गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै तामाङले राईलाई महान व्यक्तिको संज्ञा दिएका छन् ।

उनले लेखेका छन् ‘उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छोरासरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईंले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीकोअधिकारलाई लिपिवध्द गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो ।’

Advertisement

तपाईको प्रतिक्रिया