पुनर्निर्माणको जिम्मा स्थानीय तहलाईः शर्मा

समाधान संवाददाता २०७५ पुष ३० गते ९:४४


अर्जुन काफ्ले
स्याङ्जा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले पुनर्निर्माणको अधिकार स्थानीय पालिकामा पुर्‍याएको बताएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आइतबार गरेको स्थानीय तहका पदाधिकारी तथा सोकारवालाबीच निजी आवास पुनर्निर्माणसम्बन्धी अभिमुखीकरण तथा समीक्षा गोष्ठीमा शर्माले राज्य र अन्तर्राष्ट्रिय जगतले स्वीकार गरेकाले विपदको व्यवस्थापनको जिम्मा स्थानीय पालिकालाई दिइएको हो ।

Advertisement

२ वर्षमा प्राधिकरणको समय सकिने उनले बताए । गुनासोको सबै जाँच पालिकाका इन्जिनियरले गर्नुपर्ने बताउँदै शर्माले एक महिनाभित्र इन्जिनियर घर घरमा पुग्ने दाबी गरे । भूकम्प मुख्य प्रभावित जिल्लामा ९५ प्रतिशत प्रगति रहेको बताउँदै शर्माले इन्जिनियरको सिफारिसमा भुक्तानी दिन आग्रह गरे । पहिलो किस्ता लिएर दोस्रो किस्ता नलिनेले रकम फिर्ता गर्नुपर्ने उनले जानकारी दिए ।

भूकम्प गएको ४ वर्ष पुग्न लाग्दा आंशिक प्रभावित स्याङ्जामा पुनर्निर्माणको गति सुस्त छ । यहाँका ६१ जना लाभग्राहीले तेस्रो किस्ता रकम पाएका छन् भने २ हजार ३ सय ९५ लाभग्राहीले दोस्रो किस्ता रकम लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । यहाँ भिरकोट २३, वालिङ ७ र अर्जुन चौपारी गाउँपालिकामा ३१ जनाले तेस्रो किस्ताको रकम लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख प्रवीण ढकालले बताए ।

Advertisement

५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा ८ हजार ७ सय ६६ लाभग्राही रहेकोमा ८ हजार ३ सय ९८ जना लाभग्राहीले पहिलो किस्ताको रकम लगेका छन् । ५ सय ६७ प्रवलिकरणका लाभग्राही रहेकोमा ४ सय ८८ जनाले पहिलो किस्ता बुझेका छन् । यहाँ ४ हजार ९ सय ३९ जनाको छुट गुनासो केन्द्रमा सिफारिस भएको ढकालले बताए ।

तपाईको प्रतिक्रिया