पुनर्निर्माणको जिम्मा स्थानीय तहलाईः शर्मा

अर्जुन काफ्ले
स्याङ्जा
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले पुनर्निर्माणको अधिकार स्थानीय पालिकामा पुर्याएको बताएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आइतबार गरेको स्थानीय तहका पदाधिकारी तथा सोकारवालाबीच निजी आवास पुनर्निर्माणसम्बन्धी अभिमुखीकरण तथा समीक्षा गोष्ठीमा शर्माले राज्य र अन्तर्राष्ट्रिय जगतले स्वीकार गरेकाले विपदको व्यवस्थापनको जिम्मा स्थानीय पालिकालाई दिइएको हो ।
२ वर्षमा प्राधिकरणको समय सकिने उनले बताए । गुनासोको सबै जाँच पालिकाका इन्जिनियरले गर्नुपर्ने बताउँदै शर्माले एक महिनाभित्र इन्जिनियर घर घरमा पुग्ने दाबी गरे । भूकम्प मुख्य प्रभावित जिल्लामा ९५ प्रतिशत प्रगति रहेको बताउँदै शर्माले इन्जिनियरको सिफारिसमा भुक्तानी दिन आग्रह गरे । पहिलो किस्ता लिएर दोस्रो किस्ता नलिनेले रकम फिर्ता गर्नुपर्ने उनले जानकारी दिए ।
भूकम्प गएको ४ वर्ष पुग्न लाग्दा आंशिक प्रभावित स्याङ्जामा पुनर्निर्माणको गति सुस्त छ । यहाँका ६१ जना लाभग्राहीले तेस्रो किस्ता रकम पाएका छन् भने २ हजार ३ सय ९५ लाभग्राहीले दोस्रो किस्ता रकम लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । यहाँ भिरकोट २३, वालिङ ७ र अर्जुन चौपारी गाउँपालिकामा ३१ जनाले तेस्रो किस्ताको रकम लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख प्रवीण ढकालले बताए ।
५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा ८ हजार ७ सय ६६ लाभग्राही रहेकोमा ८ हजार ३ सय ९८ जना लाभग्राहीले पहिलो किस्ताको रकम लगेका छन् । ५ सय ६७ प्रवलिकरणका लाभग्राही रहेकोमा ४ सय ८८ जनाले पहिलो किस्ता बुझेका छन् । यहाँ ४ हजार ९ सय ३९ जनाको छुट गुनासो केन्द्रमा सिफारिस भएको ढकालले बताए ।









महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया