रघुगंगा गाउँपालिका अध्यक्षले गरिदिए ५० जनाको स्वास्थ्य बिमा

समाधान संवाददाता २०७५ माघ ६ गते ९:३९


राकेश शर्मा- बेनी

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले ५० जनाको स्वास्थ्य बिमा गरिदिएका छन् । गाउँपालिकामा रहेको विपन्न, गरिब र अपांगता भएका व्यक्तिहरुको बिमा गरिदिएका हुन् । चुनाव हुने बेला जनाताको माझ आफू अध्यक्ष भएपछि पाउने सरकारी सुविधाको रकम जनताका लागि खर्च गर्ने घोषणा गरेका थिए ।

भण्डारीले सुविधाका बापत आएको रकमबाट विभिन्न विकासमा निमार्णका कामसमेत गरेका छन् । आफूले पाएको सरकारी सेवा सुविद्या बापत प्राप्त रकमको अक्षकोष स्थापना गरी भण्डारीले गाउँपालिकाको वडा नम्बर ५ झिँ र ६ पाखापानीका गरिब र अपांगगता भएका ५० जनाको स्वास्थ्य बिमा गरिएका हुन् ।

Advertisement

एउटा वडामा ५ गरिब वा अपांगता भएको परिवारलाई छनोट गरी ती परिवारको स्वास्थ्य बिमा गरिदिने भण्डारीले जनाकारी दिए । ‘मैले पाउने सेवा सुविधाको रकमबाट अक्षकोष स्थापना गरेको छु,’ उनले भने । त्यहाँबाट हुने आम्दानीले एउटा वडाका ५ परिवारलाई स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको हुँ ।

‘वडा अध्यक्षको पहलमा वडामा रहेका ५ गरिब र अपांग परिवारकोे छनोट गरी तिनीहरुको बिमा गरिदिने हो,’ भण्डारीले भने, ‘त्यो अभियान अन्तर्गत मैले ५० जनाको बिमा गरिदिएँ । अबको केही दिनमा नै गाउँपालिकामा रहेका अन्य ६ वडा वडामा पनी अभियान अन्तर्गत स्वास्थ्य बिमा गरिदिने छु ।’

Advertisement

गरिब जनाता उपचार नपाएर अल्पायुमा नै ज्यान गुमाउन नपरोस् भनेर नै स्वास्थ्य बिमा गरिदिन लागेको उनले बताए । बिमा गरिदिए ५० हजारसम्मको निशुल्क स्वास्थ्य उपचार उनीहरुले पाउँछन् । आफ्नो उपचारसमेत गर्न नसक्ने गरिब परिवारलाई गाउँपालिकाले समेत निशुल्क स्वास्थ्य बिमा गर्ने तयारी गरेको भण्डारीले बताए ।

गाउँपालिकाको अध्यक्षमा निवार्चित भएयता अध्यक्षले व्यक्तिगत ५० लाख रुपैयाँभन्दा बढीको विकास निमार्णको काम गरेको उनको भनाइ छ ।

‘मैले समृद्ध गाउँपालिका निर्माण जनताको आवश्यकतालाई मध्यनजर गर्दै ५० लाख रुपैयाँसम्म व्यक्तिगत रुपमा खर्च गरेको छु,’ उनले भने, ‘त्यसका लागि कसैले मसँग बिल माग्छ भने पनि छन् । मैले राजनीति कुनै स्वार्थका लागि गरेको होइन । जनताको सेवा गर्छु भनेर राजनीतिमा आएँको हुँ ।’ सधै जनताको भलो र जनताको काम नै गरे सोचमा छु ।

गाउँपालिकाभित्रका युवा क्लब, आमा समूह अन्य संघसंस्थालाई समेत सहयोग गर्दै आएका छन् ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी स्वास्थ्य बिमाको परिचयपत्र वितरण गर्दै ।

तपाईको प्रतिक्रिया