हेम्जामा चैत २२ देखि आलु महोत्सव हुने

समाधान संवाददाता २०७५ माघ ६ गते १३:२१

समाधान संवाददाता

पोखरा २५ हेमजा स्थित विष्णुपादुका क्लबको आयोजनामा यही चैत २२ देखि वैशाख १ गतेसम्म १० औं राष्ट्रिय हेमजा आलु महोत्सव २०७५ हुने भएको छ ।क्लब शनिबार गरेको सरोकारवालाको भेलाले महोत्सव गर्न क्लबका अध्यक्ष कृष्णबहादुर खड्काको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको हो ।

समिति महासचिवमा वसन्तकुमार श्रेष्ठ, सचिवमा मनोज कार्की तथा कोषाध्यक्षमा हरिकृष्ण थापा छन् । भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ । अर्थ संकलन उपसमिति संयोजकमा मदन थापा, लेखा उपसमिति संयोजकमा नारायण थापा, स्टल रेस्टुरेस्ट उपसमिति संयोजकमा राजेन्द्र थापा, आमा समूह परिचालन उपसमिति संयोजकमा सिर्जना सापकोटा, अतिथि सत्कार उपसमिति संयोजकमा सोचना केसी, सांस्कृतिक उपसमिति संयोजकमा सूर्यबहादुर कुँवर, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी घनश्याम तिमिल्सिनालाई दिइएको छ ।

भेलाले पानी बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा रमेश थापा, बैंक तथा बित्तीय संघसंस्था समन्वय उपसमिति संयोजकमा धनबहादुर थापा, स्वयंसेवक परिचालनमा राजेन्द्र थापा, प्रचारप्रसार उपसमितिमा श्रीभद्र पौडेल, झाँकी र्‍याली व्यवस्थापनमा जयराम तिमिल्सिना, प्राथमिक उपचारमा फूलदेव तिमिल्सिना, सरसफाइ व्यवस्थापनमा लक्ष्मी जिसी, पुरस्कार तथा मायाको चिनोमा उमा पौडेल, छपाइ तथा अनलाइन व्यवस्थापनमा अमृत परियार, वैदेशिक समन्वयमा मिलन बास्तोला र युवा परिचालन उपसमिति संयोजकको जिम्मेवारी बुद्घिबहादुर थापाले पाएका छन् ।

Advertisement

‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो । क्लबका अध्यक्ष खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ९ औं राष्ट्रिय हेमजा आलु महोत्सवका महासचिव वसन्तकुमार श्रेष्ठले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया