सफल म्याराथनका लागि आवेदन खुल्ला

समाधान संवाददाता २०७५ माघ ७ गते १५:०४

पर्यटकीय शहर पोखराको ब्राण्डका रुपमा स्थापित भैसकेको सफल अन्र्तराष्ट्रिय म्याराथन–२०१९ को लागि सोमबार देखि आवेदन खुल्ला भएको छ । आगामी फागुन ७ गते पोखरामा हुने सो दौड प्रतियोगितामा प्रतिस्पर्धा गर्नेले आगामी फागुन ३ गतेसम्म आफ्नो नाम दर्ता गराउन सक्ने भतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ ।

पोखराको औद्योगिक प्रष्ठिान लक्ष्मी ग्रुप अन्तरगतको सुजल डेरी प्रा.लि. मुख्य प्रायोजक रहेको सो प्रतियोगिताको आयोजना भुपू खेलाडी मञ्च नेपालले गर्दै आएको छ । सुजल डेरीले सफल ब्राण्डका दुध, दही, ध्यू लगायतका खाद्य पदार्थ उत्पादन गर्छ ।

४२.१९५ किलो मिटरको म्याराथन दौडमा प्रथम हुनेले एक लाख रुपैया नगद पुरस्कार पाउनेछ भने दोश्रालाई ७० हजार, तेश्रोलाई ५० हजार र चौथोलाई ७ हजार रुपैया प्रदान गरिनेछ ।

Advertisement

म्याराथनका विभिन्न विधा अन्तरगत महिला तथा पुरुष १० कि.मी., छात्र तथा छात्रा ५ कि.मी., पुरुष व्हीलचेयर दौड ४ सय मिटर, महिला व्हीलचेयर दौड १००, दृष्टिविहिन १०० मीटर दौडलाई प्रतियोगितात्मक बनाइएको छ भने सबैका लागि रन फर फन प्रतियोगिता हुने छन् ।

आयोजकका अनुसार फुल म्याराथन दौडन चाहानेले आवेदन दिँदा पाँचसय रुपैया शुल्क तिर्नु पर्नेछ भने १०किलो मिटर महिला तथा पुरुष प्रतियोगीले पनि पाँच सय रुपैया शुल्क बुझाउनु पर्नेछ । १० किमीका प्रतिस्पर्धी मध्ये पहिलो दोश्रो र तेश्रोले क्रमश १५ हजार, १० हजार र पाँच हजार रुपैया नगद पुरस्कार पाउनेछन् । पाँच किलोमिटरका लागि दौडने छात्र छात्रा प्रतिस्पर्धीले दर्ता शुल्क २० रुपैया बुझाउनु पर्नेछ भने यो विधामा पहिलो दोश्रो र तेश्रो हुनेले क्रमश १० हजार, ७ हजार र ४ हजार रुपैया नगद प्राप्त गर्नेछन् ।

Advertisement

व्हीलचेयर र दृष्टिविहीन प्रतिस्पर्धीका लागि दर्ता शुल्क लाग्ने छैन भने यी दुवै इभेन्टमा पहिलो दोश्रो र तेश्रो हुनेले क्रमश ५ हजार ३ हजार र २ हजार नगद पुरस्कार पाउनेछन् । रमाइलोका लागि दौडनेहरुले कुनै दर्ता शुल्क बुझाउनु पर्नेछैन । आयोजकका अनुसार प्रतिस्पर्धामा भाग लिनेहरुले फागुन ३ गते सम्म नाम दर्ता गराउनु पर्नेछ ।

तपाईको प्रतिक्रिया