सरीताबाट ठगिनेकाे ताँती जिल्ला प्रहरी कार्यलयमा

समाधान संवाददाता २०७५ माघ ९ गते १२:४३

सुरेशराज अधिकारी

३ करोड ५० लाख रुपैयाँ ठग्ने १ महिलालाई कास्की प्रहरीले मंगलबार सार्वजानिक गरेको छ । बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानालाई ठगी आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

१ महिनादेखि सम्पर्कविहीन सरीताविरुद्ध माघ १ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पहिलो उजुरी परेको थियो । पछिल्लो समयमा उनीबाट ठगिएको भन्दै प्रहरीसँग काठमाडौं बुटबलदेखि पीडित सम्पर्कमा आएका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ललितपुरदेखि आएका रुद्र दुलालले आफू ८० लाख रुपैयाँ ठगिएको बताए । ‘मैले २०६९ सालमा घडेरी बेचेर पैसा दिएको हुँ,’ उनले भने,‘धर्म भाइको नातालेसँगै ४ वर्ष भएपछि विश्वास लागेको थियो ।’ दुलालले रानासँग तिहारमा टिका पनि लगाएको र दिदीको विश्वासमा पैसा दिएको बताए । अफ्ठेरो पर्दा उनले पैसासमेत दिएर विश्वास दिलाएको दुलालले बताए ।

Advertisement

उनीसँगैै ललितपुरबाट नै राजकुमार जंगलीले उनीलाई मोरङ अदालतमा मुद्दा हालेका थिए । सोही मुद्दा उनले जितेका छन् । २०७० सालमा राजकुमारले पनि ३२ लाख रुपैयाँ दिएका थिए । उक्त पैसा फिर्ता नदिएपछि मुद्दा हालेको जानकारी दिए । ‘मलाई त अदालतले ५८ लाख रुपैयाँ तिर्ने आदेश दिएको छ,‘राजकुमारले भने,‘हामी जस्ता धेरैलाई रानाले ठगेकी छन् ।’

आफन्तहरुसँग पनि त्यसैरी नै पैसा ठगेको राजकुमार बताउँछन् । राजकुमारको अनुसार केही लतिपुरबाट पिडित पोखरा आउँदै गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । उनले काठमाडौंमा लुकरे बस्दा दिनमा २ वटा सिम परिर्वतन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Advertisement

प्रहरी स्रोतका अनुसार राना पक्राउ परेपछि बुटवलबाट पनि पीडितको फोन आएको छ । उनले पोखरामात्र नभई अन्य ठाउँमा पनि ठगी गरेर फरार भएको स्रोतको दाबी छ । स्रोतका अनुसार उनले ठगी गरेको रकम दिन प्रतिदिन बढ्दै गएको छ । ‘यति नै रकम ठगी भएको भन्ने यकीन छैन,‘स्रोतले भन्यो,‘पीडितहरु पछिल्लो समयमा फोन सम्पर्कमा आउँदै छन् ।’

पहिला सापटी माग्ने अनि रकम नभएको खाताको चेक दिने र कसैकसैलाई पैसा नै नदिएर सरीताले झुक्याउँदै आएको पीडितले बताएका छन् ।

पोखरा महानगरपालिका २६ र २७ का जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुन थापा, चन्द्रबहादुर सुनार, दिलमाया पुन लगायत १० जनाले आफूहरु रानाबाट ठगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । गुरुङले रानाविरुद्ध बैकिङ कसुर अनुसार मुद्दा चलाइएको बताए ।

उनीहरुले उजुरी दर्ता गरेपछि सरीताविरुद्ध अरु पनि उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । घर, घडेरी चाहिएकालाई मिलाइदिने भन्दै सरीताले रकम लिने गरेको पीडितको गुनासो छ ।

दिलमाया पुनबाट १ करोड ७० लाख, बुढी बजारकी निरा सुनारबाट १९ लाख रुपैयाँ लेखनाथकै देवी जिसीसँग ३ लाख रुपैयाँ फँसेको उनीहरुले बताएका छन् । यस्ता पीडितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
निकै रवाफका साथ लेखनाथको अर्घौचोकमा सरीता डेरामा बस्दै आएकी थिइन् । नयाँ मोडलको क्रेटा गाडी, ड्राइभर, घरको काम गर्ने सहयोगीसाथ बसेकी सरीताको ठाँट देखेर नै स्थानीय फसेका हुन् ।

३ करोड रुपैयाँ भन्दा बढी रकम तिर्न बाँकी रहेको सरीताले प्रहरीसँग स्वीकार गरेकी छन् । विगत ७÷८ अघिदेखि उनले यसरी पैसा असुली गरेका भेटिएको प्रहरीको दाबी छ । व्यवहार बिग्रँदै गएपछि सापटी पनि बढेको र तिर्न नसक्ने अवस्था आएपछि भागेको उनले बताएकी छन् । उनले ठगी गरेको पैसा कहाँ के गरिन् भन्ने अहिलेसम्म खुलेको छैन ।

तपाईको प्रतिक्रिया