युएई माथि नेपालको शानदार जित

समाधान संवाददाता २०७५ माघ १२ गते १८:४५

पहिलो खेल गुमाएको नेपालले दोस्रो एकदिवसीयमा युएईलाई १४५ रनले हराउँदै शृंखला बराबर गरेको छ।
पहिले ब्याटिङ गरेर नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको युएई १९।३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो।

युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले र सन्दिप लामिछानेले शानदार बलिङ गरे । सोमपालले ५ विकेट लिए भने सन्दीपले ४ विकेट हात पारे। अर्को एक विकेट रन आउट थियो।

यसअघि रोहितकुमार पौडेलले उत्कृष्ट र कीर्तिमानी ब्याटिङ प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले दोस्रो ओडीआईमा यूएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो।

Advertisement

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको थियो।

नेपालका लागि रोहितले ५५ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ रन जोडे।

Advertisement

कप्तान पारस खड्का र विनोद भण्डारीले समान २१र२१ रन जोड्दा करण केसीले १८ रन बनाए।

सन्दीप लामिछाने १४ रनमा अविजित रहँदा दिपेन्द्र सिंह ऐरी १० रनमा आउट भए। ललित नारायण राजवंशी ३ रनमा अविजित रहे।

तपाईको प्रतिक्रिया