कमजोर बन्दै डा. केसी, सहयोगीले पनि अनसन तोडन गरे अपिल

माघ, काठमाडौं । चिकित्सा शिक्षा विधेयक सहित केही राजनैतिक माग समेत राखेर अनसनरत डा. गोविन्द केसीलाई अनसन फिर्ता चौतर्फी दवाव दिन थालिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट शुरु भएको दवाव अभियानमा पूर्व राष्ट्रपति रामबरण यादव हुँदै नागरिक समाजका केही अगुवा समेत जोडिएका छन् ।
विहीबार सभापति देउवा र शुक्रबार डा.रामबरण यादवले केसीलाई भेटेरै अनसनबाट उठ्न सुझाव दिएका थिए । शुक्रबारै पूर्व प्रधानन्यायाधिश शुशिला कार्की सहितका ७ जनाले वक्तब्य जारी गर्दै अनसन तोड्न अपिल गरेका छन् । दुई दिन अघि केसीलाई भेटेर अनसन जारी राख्न भनेकी कार्की एकाएक यु टर्न भएकी छन् ।
आन्दोलनको २४ दिनसम्म पनि सरकारले वार्ता टोली समेत गठन गरेको छैन भने विगतमा जस्तो केसीको पक्षमा जनमत पनि देखिएको छैन । केसीलाई साथ दिदै आन्दोलन गर्दै आएका चिकित्सकहरु समेत विभाजित भएका छन् । उनलाई राजनैतिक पार्टीको गोटी बनेको आरोप मात्र लागेको छैन मेडिकल माफियाले दुरुपयोग गरेको समेत भन्न थालिएको छ ।
उस्तो परिस्थितिमा आन्दोलन उठन नसक्ने देखेर पूर्व प्रधानन्यायाधिश कार्कीसँगै पूर्वसभामुख दमननाथ ढुंगानालगायतले अपील जारी गर्दै कमजोर स्वास्थ्य अवस्थाको ख्याल गर्दै अनसनबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् । आमरण अनसन अन्त्य गरी यहाँले जारी राख्ने सत्याग्रहको अन्य स्वरुपमा हाम्रो ऐक्यवद्धता रहने जानकारी गराउँछौं’ अपीलमा भनिएको छ ।
नागरिक समाजका अगुवाहरुले सम्वाद गर्नुका साटो प्रतिकारको बाटो लिएको सरकारको आलोचना गरिएको छ । बलपूर्वक प्रतिकार गर्ने, हिंसात्मक प्रवृत्तिलाई बढवा दिनुका साथै छद्मभेदी अनसनरकारी खडा गरेको भन्दै नागरिक अगुवाहरुको अपीलमा भनिएको छ, सत्याग्रह जस्तो अहिंसात्मक आन्दोलनमाथि हिलो छ्याप्ने डरलाग्दो प्रवृत्ति देखाउँछ ।’
तपाईको प्रतिक्रिया