लो–घेकरले बुझायो सांसदहरुलाई डिपिआर प्रतिवेदन

समाधान संवाददाता २०७५ माघ २१ गते ११:५४

सुन्दरकुमार थकाली, मुस्ताङ

उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउपालिकाद्धारा जिल्लाका प्रदेश सांसदहरुलाई सोमबार डिपिआर प्रतिबेदन हस्तान्तरण गरेको छ ।गाँउपालिकाले अधि सारेका प्रमुख प्राथमिकरणका आयोजनालाई पूरा गर्न नसक्ने भएपछि संघीय तथा प्रदेश सांसद टोलीलाई यसबारे अवगत गराएको हो ।

गाउपालिकाले आफ्नो १० दिने लामो अध्ययन–अवलोेकन भ्रमण सकेर जिल्ला फर्किने क्रममा सांसद टोलीलाई पोखरामा एक कार्यक्रम गरी डिपिआर प्रतिबेदन बुझाएको हो । गाँउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले प्रदेश सांसद ईन्द्रधारा बिष्ट,महेन्द्रबहादुर थकाली र चन्द्रमोहन गौचनलाई प्रतिबेदन बुझाएको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताए । अध्यक्ष बिष्टका अनुसार पेश गरिएको डिपिआर प्रतिबेदनमा ग्रामिण सडक,सिचाई र नदी नियन्त्रण आदी छन् ।

Advertisement

लो–घेकरको डिपिआर प्रतिबेदन मध्ये जिल्लाकै अग्लो उचाईमा अवस्थित चराङ– दामोदरकुण्ड कालोपत्रे सडक ठुलो लागत छ । उक्त दामोदरकुण्ड सडक २६ किलोमिटर लामो छ । यसका लागि करिव ६३ करोड लागत लाग्ने अनुमान जनाईएको छ । त्यस्तै,भियनाको सितोङ देखि घीलिङ सम्मको घीलिङ सिचाई आयोजना तथा मराङ खोला सिचाई आयोजना छन् । घीलिङ सिचाई आयोजनाका लागि ६ करोड ४८ लाख र मराङ सिचाई स्तरोन्नतिका लागि ३ करोड ४८ लाख लाग्ने प्रतिवेदनमा जनाईएको छ । गाँउपालिकाले ४ वटा आयोजनाको अलग अलग प्रतिबेदन तयार गरेको हो ।

गाउपालिकाले धार्मिक पर्यटनलाई जोड्ने उद्देश्यले दामोदरकुण्ड सडकलाई उच्च प्राथमिकतामा राखेको अध्यक्ष बिष्टले बताए । उनले दामोदरकुण्ड सम्म नसकिएपनि घ्यूमा सम्म सडक जोड्न सकिए दामोदरकुण्ड जाने तिर्थालुका संख्या बृद्धि हुने दावी गरे । उनका अनुसार घीलिङको जमिन मलिलो र कृषि खेतिको प्रचूर संम्भावना भएकाले सिचाईको सुविधा भए कृषिक्षेत्रको प्रर्वधन गर्न सकिने छ ।

Advertisement

यस्तै बर्षेनी वर्षायामको मौसममा घ्ये खोलाको बहावले नदी कटान गर्दा त्यहाका वरपरका बस्ती तथा खेतियोग्य जमिन जोखिममा पर्दै आईरहेको छ ।बिगतका टुक्रे बजेटले दिर्घकालिन रुपमा नदी नियन्त्रण गर्न समस्या परेको अध्यक्ष बिष्टको भनाई छ । आयोजनाका लागि पूरै प्रयास गरिदिन र त्यसका लागि गाउपालिकाले जस्तो सुकै कष्ठ झेलेर तयार रहेको सांसदहरुलाई सुझाए ।

प्रदेश सांसद ईन्द्रधारा बिष्टले मुस्ताङलाई बिशेष पर्यटकीय हबको रुपमा बिकास गर्न प्रदेस सरकार लागि परेको बताए । उनले मुस्ताङको लो–सार र मनाङको चुनढुग्गीलाई अन्तराष्ट्रिय फिल्मी सुटिङ गन्तब्यको रुपमा बिकास गर्ने योजना रहेको जनाए । उनका अनुसार प्रदेश सरकारले जिल्लाको बिकासका लागि थुप्रै राम्रा कार्यक्रम अघि बढाएको उल्लेख गर्दै सांसद बिष्टले शिङ्गो मुस्ताङलाई स्याउ जोन घोषणा गरिएको,ढाक्मर घर गुम्बा,चराङ देखि मराङ सम्म रिङरोड,घ्ये–ताङ्ग्या जोड्ने मोटरेबल पुल,घ्ये–ताङग्या सिचाई आयोजना र ढि ,सुर्खाङ,यारा र घारा व्यवस्थित खानेपानी आयोजनाका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको जनाए ।

उनले महिलाहरुको प्रसुति सम्स्यालाई ध्यानमा राख्दै ईमजेन्सी ईएर हेलीको व्यवस्था गर्ने तैयारी भईरहेको जानकारी दिए । उनले उपल्लो मुस्ताङमा प्रहरी चौकी भवन,सौर्य उर्जा र मोडेल फर्म र खेलमैदान निर्माण गर्न पहल भैईरहेको बताए । उनले चराङमा बिमानस्थल निर्माणका लागि प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गरे । संघीय सरकारले कोरलानाका जोड्ने राष्ट्रिय गौरवको आयोजना अघि बढाईरहेको अवस्थामा प्रदेश सरकारले पनि सुस्ता–त्रिवेणी–कोरलाको अर्को प्रदेश गौरवको आयोजना सुरु गर्न लागेको सांसद बिष्टले जानकारी दिए ।

प्रदशका अर्का सांसद महेन्द्रबहादुर थकालीले ऐन नियम र निति निर्माणमा ढिलाई हुदा बिकासका मोडेलहरुले आवश्यक गति लिन नसकेको बताए । उनले संघीय सरकारले प्रदेश सरकारलाई दिने अधिकार तथा प्रदेशमा कानुन निर्माण गर्न समय लागेकाले सम्स्या परेको उल्लेख गरे । गाँउपालिकाले बुझाएको विकासे प्रतिबेदन सकारात्मक रहेको र यसका लागि आवश्यक पहल गर्ने जनाए । उनले जनताले उठाएका माग संम्वन्धित निकायमा पुर्‍याउने तर कति पूरा हन सक्छन् सक्दैन बिश्व्स्त दिलाउने नसकिने जनाए ।

यस्तै सांसद चन्द्रमोहन गौचनले स्थानीयतहले टुक्रे योजनामा बजेट खेर फाल्न नहुने बताए । उनले जिल्लामा खेर गएका खालि जमिनको नक्सान गरेर लिजमा दिनुपर्ने जनाए । उनले मुस्ताङमा थुप्रै सरकारी जग्गाको नक्साङन नभएको र अब स्थानीय तथा प्रदेश सरकारको स्वामित्वमा ल्याएर उपयोग गरिनुपर्ने सुझाए । मुस्ताङमा सौर्य उर्जाको प्रचूर संम्भावना रहेको हावाबाट बिजुली निकाल्ने देखि स्याउ खेतिका लागि जग्गा स्थानीयतहले लिजमा दिने व्यवस्था गर्नुपर्ने जनाए ।

‘संघीय संरचना नयाँ हो, सधैभरी संघीय र प्रदेशले बजेट दिन्छ भन्ने नसोचौं,’ सांसद गौचनले भने,‘यसैले स्थानीतह बलियो बन्न श्रोत साधनको भरपूर उपयोग गर्नुपर्ने हुन्छ । पैसा आफै कमाउ र आफ्नै पालिकाको बिकास गर्ने सोच अनुसार अघि बढौ’ उनले भने । सांसद गौचनले गाँउपालिकाले राखेको दामोदरकुण्डग सडक ठुलो बजेटको भएकाले पुरै जनप्रतिनिधि टोलीले संघ सरकारलाई अवगत गराउने उल्लेख गरे ।

जिल्लाका पुरै पालिकामा राष्ट्रिय बिद्युत ग्रेड १ वर्ष भित्रमा कुना कुनामा टेलिफोन लाईन बिस्तार गर्न प्रदेश सरकार लागि परेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया