तोकिएको मितिभन्दा चाँडै पोखरा विमानस्थल सकिन्छः सिएमसिई

समाधान सम्वाददाता
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाइरहेको चिनियाँ ठेकेदार कम्पनी सिएमसिईले स्थानीयको साथ पाए तोकिएको समयभन्दा अघि नै काम सक्ने बताएको छ । कम्पनीका उपप्रमुख जिन जियाङ जुले पोखरा क्षेत्रीय विमानस्थल परियोजना नेपालको मात्रै नभई चिनको समेत गौरवको विषय भएकाले चाँडै सक्ने बताए । रामबजार पोखराको कालिका पब्लिक कलेज र माविको वार्षिकोत्सवका अवसरमा सोमबार उनले उक्त कुरा बताएका हुन् ।
‘तोकिएको मितिभन्दा चाँडै सक्ने घोषणा हामीले गरेका होइनौं तर स्थानीयको सहयोग पाए सफल पक्का हुन्छौं,’ जुले भने, ‘हामीले यस परियोजनालाई आफ्नै मानेर काम गरिरहेका छौं ।’ उनले यो परियोजनाले नेपाल र चीनको सम्बन्ध अझै प्रगाढ बनाउने र सुमधुर रहेको प्रमाण दिने दाबी गरे ।
नेपाल चीनको नजिकको छिमेकी देश भएकाले नेपालको विकास पनि तीव्र गतिमा आफूहरुले चाहेको जुले सुनाए । ‘नेपालको तीव्र विकास भयो भने चीनलाई पनि फाइदा पुग्छ,’ उनले भने, ‘हामीले नेपाल सरकारलाई त्यस्तो नराम्रो आशा राखेर सहयोग गरेका होइनौं । दुवै देश समान भएको हेर्न चाहन्छौं ।’ उनले चीन पोखरामा अझै अन्य क्षेत्रमा पनि लगानी गर्न इच्छुक रहेको बताए ।
‘हामी पोखराले चाहे अझै धेरै क्षेत्रमा लगानी गर्न इच्छुक छौं,’ जुले भने, ‘स्थानीयका हितमा आधारित रहेरमात्र प्रोजेक्ट लिने अन्यथा त्यो कामविहीन हुन्छ ।’ उनले चीन सरकार वातावरणमा गम्भीर भएकाले कुनै पनि काम गर्दा वातावरण जोगाउनेबारे गम्भीर रहेको बताए । उनले चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा सबैलाई शुभकामना दिँदै नेपाल र चीन अझै नजिक हुनुपर्नेमा जोड दिए ।









महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया