नेवि संघ केन्द्रीय नेता सहित ४ जना पोखरामा पक्राउ

समाधान संवाददाता २०७५ माघ २२ गते १६:२८

समाधान संवाददाता

सरकारविरुद्ध आन्दोलनमा उत्रेका नेविसंघका ४ नेता मंगलबार पोखरामा पक्राउ परेका छन् । सरकारी गाडी गुड्न नदिने भन्दै सडकमा उत्रिएका नेविसंघका केन्द्रीय सदस्य भानु ढकालसहित नेताहरु विधान लामिछाने, गोविन्द नेपाली र सागर सापकोटालाई चिप्लेढुंगाबाट पक्राउ गरेको हो ।

गण्डकी प्रदेश मुख्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको गाडी नियन्त्रण गर्न पुगेका उनीहरुलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले यहाँका सबै सरकारी कार्यालयमा फोन गरी सरकारी गाडी लिएर हिँड्दा सजगता अपनाउन आग्रह गरेको छ ।

Advertisement

पोखरा महानगरपालिकाको बा१झ ५८७९ नम्बरको गाडी गत शनिबार जलाएको आरोपमा ५ नेतालाई पक्राउ गरेर ३ जनामाथि उपद्रव मुद्दा दायर गरेपछि नेवि संघ थप आन्दोलित भएको हो । आगजनी आरोपमा ५ जना पक्राउ परे पनि प्रहरीले प्रमाणका आधारमा ३ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आगजनी गरेको आरोपमा ५ जना नेविसंघका विद्यार्थी नेता पक्राउ परेका थिए। दुई जना थुनामुक्त भइसकेका छ्न् भने बाँकी ३ जनालाई मुद्दा दर्ता गराई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मुद्दा चलाएकाहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेलको रिहाइको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया