गाई फार्म हेर्न घार्मीका किसान च्याङ्लीमा

समाधान संवाददाता २०७५ माघ २३ गते १२:०८

समाधान संवाददाता
पोखरा

पोखरा १९ घार्मीका कृषकले गोरखाको पालुङटार च्याङ्लीस्थित कामधेनु गाई फार्म अवलोकन गरेका छन् । मातृभूमि कृषक समुह र बेमौसमी तरकारी उत्पादन समूहमा आवद्ध ७० कृषकले गाई फार्म अवलोकन गर्दै गाईपालन र दुग्ध व्यवसायका विषयमा परामर्श लिएको भ्रमण उपसमितिका संयोजक नारायण पौडेलले बताए ।

कृषकलाई फार्मका सञ्चालक राजेन्द्रराज पन्थले स्वागत गर्दै गाईपालन, व्यवसायमात्र नभई शोख पनि भएको बताए । उन्नत जातका गाईबाट मनग्य आम्दानी गर्न सकिने उनले उल्लेख गरे । उनले एकै ठाउँमा धेरै व्यवसाय नगरी एउटैमा ध्यान दिन सुझाव दिए । पन्थले कृषकलाई गाईमा हुने बाँझोपना, औषधोपचार, पोषण तत्व, गोठ निर्माण र दूधको बजारीकरणका विषयमा परामर्श दिए ।

Advertisement

समूहका अध्यक्ष हुतराज शर्माले फार्म अवलोकनपछि कृषकमा उत्साह थपिएको प्रतिक्रिया दिए । २०५२ सालदेखि गाईपालन सुरु गरेका पन्थको फार्ममा हाल जर्सी र होलिस्टाइन जातका ३ सय ५० वटा गाई छन् । दैनिक १४ सयदेखि २२ सय लिटर दूध बेच्ने गरेका उनले मासिक १९ लाख आम्दानी गर्ने गरेका छन् । २० जना कामदार र गाईको सम्पूर्ण खर्च कटाएर मासिक ४ लाख बचत हुने पन्थले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया