पोखरामा नेपाल–भारत वाणिज्य सन्धी सहसचिवस्तर बैठक सुरू

समाधान संवाददाता २०७५ माघ २४ गते १५:४०

समाधान संवाददाता, पाेखरा

नेपाल र भारतको १० वर्ष पुरानो वाणिज्य सन्धीको पुनरावलोकनका लागि सहसचिवस्तरीय बैठक पोखरामा सुरू भएको छ । नेपालले भारतीय बजारमा सामानहरू लैजान कसरी सजह बनाउने, भन्सार दर, यातायातलगायतका विषयमा छलफल हुने वाणिज्य मन्त्रालयका सह(सचिव रविशंकर सैंजुले जानकारी दिए।

उनले भन्सार शुल्क जसमा नेपालले कृषिजन्य बस्तुको भन्सार छुट माग्ने, बस्तु जुन नेपालबाट भारत निर्यात हुन्छ त्यसमा छुट माग्ने, रेलमार्ग विस्तार जलमार्गको प्रवेशमा सहजताको विषयलाई उठान गर्ने लगाएतका विषयमा छलफल भएको बताए।

Advertisement

सन् २००९ मा भएको सन्धी पुनारावलोकनको लागि यसअघि नेपाल र भारतबीच दिल्लीमा गत अगस्टमा वार्ता भएको थियो। सन्धी पुनरावलोकनका लागि भारतीय पक्ष सकारात्मक देखिएको सहसचिव सैंजूले जानकारी दिए।

सह(सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट ९ र भारतका तर्फबाट ७ जना गरि १६ जनाको छलफलमा सहभागि छन्। भारतको तर्फबाट बाणिज्य सह(सचिव भूर्पेन्द्र सिंह भल्लाले नेतृत्व गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया