पुतलीबजारको संशोधित बजेट ७९ करोड पारित

समाधान संवाददाता २०७५ माघ २५ गते ७:५९

अर्जुन काफ्ले–स्याङ्जा

पुतलीबजार नगर कार्यपालिकाको चौथो नगर सभाले ७९ करोड २३ लाख ४ हजार संसोधन बजेट पारित गरेको छ । नगरपालिकाले तेस्रो नगर सभामा सार्वजनिक गरेको बजेटमा ५ करोड ८५ लाख ७८ हजार थप गरी उक्त संसोधित बजेट पारित गरेको हो ।

संसोधित बजेटमा चालु तर्फ २४ करोड १४ लाख ९५ हजार र पुँजीगत तर्फ ५५ करोड ८ लाख ८ हजार छ । नगरपालिकामा पुस मसान्तसम्म चालुतर्फको कुल बजेटमध्ये ३ करोड ५१ लाख २७ हजार खर्च भएको भन्दै उपप्रमुख पुरीले पुँजीगततर्फ कुल बजेटमध्ये २ करोड ७१ लाख खर्च भएको र बा“की रकम खर्च हुने क्रममा रहेको बताए ।

Advertisement

डेढ करोड राजस्व संकलन
नगरपालिकाले पछिल्लो ६ महिनामा १ करोड ४९ लाख १० हजार ३ सय आन्तरिक राजस्व संकलन गरेको छ । राजस्वमध्ये सम्पत्ति कर २८ लाख ५६ हजार, व्यवसाय कर ५ लाख ३ हजार, ढुंगा गिटी बालुवाबाट ३६ लाख २१ हजार, पटके सवारी कर २० लाख २२ हजार, कवाडी कर ३ लाख १ हजार छ । अनुमान गरेकोमध्ये व्यवसाय कर, नक्सापास, सवारी साधन करमा कम राजस्व संकलन भएको उप प्रमुख पुरीले बताए ।

नगरस्तरीय ७५ प्रतिशत कार्यक्रम सम्झौता
नगर सभाबाट पारित भएका नगर गौरवका योजनामध्ये प्रगतिनगर–बहाकोट–कोल्मा ग्रामीण सडक, उमेशचन्द्र मार्ग, वीरेन्द्रनगर तटबन्धन लगायतका कार्यक्रम, वडा र नगरस्तरीय कार्यक्रम करिब ७५ प्रतिशत सम्झौता भई कार्यान्वयन चरणमा पुगेको नगरप्रमुख सीमा क्षेत्रीले बताइन् । ‘उज्यालो सहर कार्यक्रम र फोहोर मैला व्यवस्थापन केन्द्र’ जस्ता कार्यक्रम सम्पन्न हुने क्रममा रहेको उनको भनाइ थियो ।

Advertisement

निर्माण हुन नसक्दा अलपत्र अवस्थामा रहेको कोल्डस्टोर, हाटबजारको व्यवस्था, आ“धीखोला र श्रवणकुमारको पहिचानको लागि श्रवणकुमारको मूर्ति निर्माण गर्ने, नगरका मुख्य चोकमा विपी कोइरालाको सालिक मर्मत र पुष्पलाल श्रेष्ठको नया“ मूर्ति निर्माण गर्ने, २ जिल्ला जोड्ने सडक निर्माण, बसपार्कको स्तरोन्नति, आ“धीखोला करिडोर सडक निर्माणको लागि प्रदेश सरकारबाट बजेट बिनियोजन भई ठेक्का प्रक्रिया अगाडि बढाइएको, घुम्ती चिसापानी सडक निर्माणको काम अगाडि बढेको क्षेत्रीले बताइन् । लापोन्मुख अवस्थामा रहेको कुमाल जातिको माटाका भा“डा संरक्षणको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने नीति अनुरुप यस वर्ष बजेट विनियोजन गरी कार्यक्रम सुरुवात गरिएको क्षेत्रीले जानकारी दिइन् ।

सभामा स्याङ्जा भ्युप्वाइन्ट तथा हरियाली नगर उद्यानको भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारबाट ३० लाख रुपैयाँ विनियोजन गरी कार्य प्रारम्भ भएको क्षेत्रीले बताइन् । नगरसभाबाट पास भएका वडास्तरीय ४ सय ४६ योजनामध्ये ३ सय २७ योजना सम्झौता भई ६३ वटा सम्पन्न भएको बताउँदै क्षेत्रीले नगरस्तरीय योजनाअन्तर्गत १ सय ८६ मध्ये १ सय ४५ योजना सम्झौता भइ ४१ वटा सम्पन्न भएको जानकारी गराइन् । नगर गौरवका योजना १५ मध्ये ५ वटा योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको नगरसभामा प्रस्तुत गरिएको थियो । सभामा नगरका १४ वटै वडामा उत्कृष्ट काम गरेको भन्दै प्रत्येक वडाबाट १÷१ उपभोक्ता समितिलाई सम्मान गरिएको छ ।

शिक्षा र सहकारी ऐन संसोधन

यस्तै नगर सभाले विधायन समिति संयोजक ख्यामनारायण अधिकारीले प्रस्तुत नगर शिक्षा ऐन र सहकारी ऐनका केही बुँदा संशोधन गरिएको छ । नगर शिक्षा ऐनमा ८ वटा र सहकारी ऐनका ६ वटा बुदाँमा संसोधन गरिएको अधिकारीले बताए ।

६ करोड बेरुजु

सभामा लेखा समितिका संयोजक रवीविक्रम केसीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे । ६ करोड २९ लाख ५४ हजार ७ सय ८० बेरुजु रहेको भन्दै केसीले ७२ लाख ८६ हजार ६सय २७ रुपैयाँ पेश्की तथ्यांक पेस गरे ।

तपाईको प्रतिक्रिया