एकै दिन गरिमा विकास बैंकका ६ शाखा

समाधान संवाददाता २०७५ फागुन ६ गते ११:४२

समाधान संवाददाता, पोखरा

गरिमा विकास बैंकले आइतबार एकै दिन ५ नयाँ शाखा थपेको छ । चितवनको टाँडी र कञ्चनपुरको महेन्द्रनगर शाखा कार्यालय औपचारिक उद्घाटन गरिएको छ । टाँडी शाखा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र महेन्द्रनगर शाखा भीमदत्त नगरपालिकाकी उपप्रमुख शुशिलाचन्द सिंहले सुरुआत गरे ।

बैंकले आइतबारबाट नै नुवकोटको बट्टार, लमजुङको बेसीसहर, बाँकेको चप्परगढी र सुर्खेतको वीरेन्द्रनगरमा समेत शाखा कार्यालय सञ्चालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए ।

Advertisement

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमाका अब देशभर ७२ शाखा भएका छन् । बैंकले चाडै चितवनको मिलनचोक, कास्कीको हेम्जा, पर्साको वीरगञ्ज र दाङको तुल्सीपुरमा समेत शाखा कार्यालय खोल्ने तयारी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया