मेयर कप ब्याडमिन्टन उपाधि आयोजक टिमलाई

समाधान संवाददाता २०७५ फागुन ७ गते १०:४२

कृष्ण न्यौपाने
दमौली

व्यास नगर ब्याडमिन्टन क्लबद्वारा प्रजातन्त्र दिवसको अवसरमा आयोजित प्रथम व्यास नगर मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । सोमबार भएको सिनियर तर्फको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकाको टिमलाई पराजित गर्दै आयोजकले उपाधि चुमेको हो ।

आयोजक टिमको तर्फबाट वुद्धिमान प्रधान र सञ्जीव श्रेष्ठले शुक्लागण्डकी टिमका कमल राना र सुरज लाम्जालीलाई २–० को सोझो सेटले पराजित गर्दै उपाधि जितेका हुन् । उपाधिसँगै प्रथम हुने प्रधान र श्रेष्ठले नगद ३५ हजारका साथै ट्रफी र द्वितीय हुने राना र लाम्जालीले नगद २० हजार र ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा शुक्लागण्डकीकै सोम थापा र देव गुरुङ र व्यास नगरपालिकाका धनबहादुर गुरुङ र कुमार गुरुङको समूह सान्त्वना हुन सफल भएका थिउ । उनीहरुले ७÷७ हजार रुपैयाँ प्राप्त गरे ।

Advertisement

जुनियरतर्फको खेलमा व्यास नगरपालिकाका पूर्णबहादुर श्रेष्ठ र सुदीप न्यौपाने प्रथम हुँदै १५ हजार हात पारे भने रिसिङ गाउँपालिकाका पदम खाँण र सागर थापा द्वितीय हुँदै १० हजार नगद प्राप्त गरेका छन् । विजेतालाई पुरस्कार वितरण गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले खेलले मानिसको शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने बताए ।

क्लबका अध्यक्ष जीवन गुरुङले इन्डोर गेम सञ्चालनका लागि पूर्वाधार आवश्यकतामा जोड दिए । आइतबारदेखि सुरु भएको प्रतियोगितामा २८ समूहको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया