मुस्ताङमा ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा बृक्षारोपण

समाधान संवाददाता २०७५ फागुन ७ गते १४:२७

सुन्दरकुमार थकाली,मुस्ताङ

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ का अवसरमा मंगलबार जिल्ला प्रशासन कार्यालय मुस्ताङ नजिकै रहेको शालग्राम उद्यानमा बृक्षारोपण गरिएको छ।जिसस मुस्ताङको आयोजना तथा राष्ट्रिय प्रजातन्त्र दिवस मुलसमारोह समितिको पहलमा शालग्राम उद्यान वरपर हरियाली गराउन बृक्षारोपण गरिएको जनाईएको छ ।

मुस्ताङमा कार्यरत निजाजमति कर्मचारी,स्थानीय जनप्रतिनिधि ,नेपाल प्रहरी,शसस्त्र प्रहरी र पत्रकारको संयूक्त टोलिले उद्यानमा बृक्षारोपण गरेका हुन्् । शालग्राम उद्यानमा स्याउ,खुर्पानी,उखु, नासपाती लगायतका बिभिन्न फलफुलका बिरुवा लगाईएको नेपाल निजामती कर्मचारी संगठन मुस्ताङका अध्यक्ष मतिलाल चपाईले बताए ।उनले फलफुलका बिरुवाहरु शितोष्ण बागवानी बिकास केन्द्र मार्फा र वारागुङ मुक्तिक्षेत्र गाउपालिकाले उपलब्ध गराएको जानकारी दिए ।

Advertisement

मुलसमारोह समितिले दिवसको पहिलो दिन जिल्ला अस्पताल जोमसोमका स्वास्थ्यकर्मीको समन्वयमा मुस्ताङ कारागारका थुनुवा कैदीबन्दीहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएको थियो ।सो अवसरमा जिसस मुस्ताङले कारागारका थुनुवा कैदी तथा अस्पतालका बिरामीलाई हर्लिक्स बितरण गरेको जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिईन् ।

जिसस मुस्ताङद्धारा आयोजित ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बोल्दै जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले जनताको त्याग र बलिदानले अहिले परिवर्तन संम्भव भएको बताईन् ।देशमा संघीय व्यवस्था लागु भईसकेकाले राज्यसत्तामा समावेशी प्रतिनिधित्व भएको उल्लेख गर्दै गुरुङले प्रजातन्त्रको संस्थागत बिकासमा सबैको दायित्व उक्तिकै रहने जनाईन् ।वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ धाराले २००७ साल देखि परिवर्तनका खातिर जनताले पटक÷पटक त्याग गरेको बताए ।

Advertisement

जनताले गरेको बलिदानीले मुलुकमा संघीय निर्माण भएको बताउदै अध्यक्ष गुरुङले दुई तिहाईको बर्तमान सरकारले जनचाहना अनुसार कार्य गर्न नसकेको टिप्पणी गरे ।अहिलेको बर्तमान सरकारले काम भन्दा बेशी भाषणमै समय बर्बाद गरेकोतर्फ ईन्गित गर्दै उनले जनतालाई भाषण भन्दा शुसासन र बिकास चाहिएको बताए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले प्रजातन्त्रका खातिर जनताले बिभिन्न चरणमा ज्यान उत्र्कष गरेको उल्लेख गर्दै परिवर्तनको लामो कालखण्ड पनि जनताले अनुभव गर्न सक्ने अधिकार सुनिश्चत नभएको गुनासा ज्यूका त्यू रहेको बताए ।उनले मुलुकमा प्रजातन्त्र स्थापना भएको लामो अवधि भएको र यसको संस्थागत बिकासका लागि रोपिएका बिरुवा जस्तै संरक्षण आवश्यक भएको जनाए ।

प्रजातन्त्रलाई जिवन्त बनाउन जनताको गुनासालाई आत्मसाथ गर्र्नुपर्ने उल्लेख गर्दै उनले प्रजातन्त्रलाई जिवन पद्धतीको रुपमा अवलम्वन गर्न सके मात्र दिवसको औचित्य रहने सुझाए ।कार्यक्रममा घरपझोङ गाउपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङ र नेकपा मुस्ताङका संयोजक रमेश भट्टचन लगायतले बोलेका थिए ।

जिसस मुस्ताङकी प्रमुख छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन घरपझोङका कर्मचारी राजेन्द्र आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया