क्यान इन्फोटेक टोली तनहुँमा

समाधान संवाददाता २०७५ फागुन १० गते ८:२४

समाधान संवाददाता

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइएमईपेलाई सूचना तथा प्रविधिको वृहत मेला बनाइने भएको छ । गण्डकी प्रदेश स्तरीय इन्फोटेकको जिल्ला जिल्लामा प्रचारप्रसार गर्ने क्रममा तनहुँमा आयोजित पत्रकार सम्मेलनमा शाखा अध्यक्ष युवराज पौडेलले सूचना तथा प्रविधिको क्षेत्रमा भित्रिएका नवीनतम प्रविधिलाई इन्फोटेकमा भिœयाइने जानकारी दिए ।

फागुन १८ गतेदेखि २४ गतेसम्म पोखरामा क्यान इन्फोटेक हुँदै छ । ‘विश्वमा पछिल्लो समय प्रयोगमा आइरहेका सूचना प्रविधिको वृहत ज्ञान दिने उद्देश्यले प्रदेश स्तरीय क्यान इन्फोटेक मेला आयोजना गरिएको हो,’ उनले भने । इन्फोटेकमा वृहत सूचना प्रविधि प्रदर्शनीका साथै प्रदेशस्तरीय टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट सञ्चालन गरिने क्यान सचिव विकास भुर्तेलले जानकारी दिए । प्रचारप्रसार टोलीले स्याङजा, लमजुङ र गोरखामा समेत प्रचारप्रसार तथा पत्रकार सम्मेलन गरिसकेको छ ।

Advertisement

इन्फोटेकमा कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफरसमेत प्रदान गरिने भएको छ । आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादन प्रदर्शनी तथा अन्य आइसिटीसँग नवीनतम गतिविधि प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी, मोबाइल प्रदर्शनी एवं बिक्री गरिने भएको छ । मेलामा क्यानले दृष्टिविहीनलाई निःशुल्क कम्प्युटर तालिम प्रदान भइरहेको छ । मेलामा सूचना प्रविधिसँग सम्बन्धित १ सयभन्दा बढी स्टल रहने बताइएको छ । प्रदेश स्तरीय इन्फोटेकलाई आफूहरुले पनि साथ दिने क्यान प्रदेशका उपाध्यक्ष तुलसीराम पाण्डेले बताए । सूचना तथा प्रविधिमा चासो राख्नेहरुका लागि इन्फोटेक प्रभावकारी हुने क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले बताए ।

क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल पनि हुनेछ । इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ । इन एसोसिएसन विथमा आइएमइपे, सपोेर्टेड बाइमा कंगारु एजुकेसन, डाइमन्ड स्पोन्सरमा डिजिकम र जेरक्स, होटल पार्टनरमा होटल मुनस्टोन, एजुकेसन सपोर्टमा ओम डेभलपमेन्ट बैंक र इन्फरम्याटिक्स कलेज, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक टे«डर्सले साथ दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया