छिटफुट वर्षाको सम्भावना

काठमाडौँ, रासस
पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भू–भागका केही स्थानहरुमा मध्यान्न पछि मेघगर्जन सहित छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताउनुभयो । उहाँका अनुसार यसको प्रभाव आज मात्र कायम रहने छ । भोलिबाट मौसम पूर्ण सफा हुनेछ ।
राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै भोलि शनिबार देशको पश्चिमी र मध्य भु–भागका केही स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशको पश्चिमी र मध्य भु–भागमा सामान्य देखि पूर्ण बदली रही पहाडी भु–भागका एक -दुई स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया