प्रेस युनियन कास्कीमा नविन प्रदिपको जोडी

समाधान सम्वाददाता पोखरा
नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा नबिन सिग्देल बिजयी भएका छन् । अध्यक्षमा तीन जना उम्मेद्वार बने पनि नविन र माधव रेग्मीबीच कडा प्रतिस्पर्धा थियो । कास्कीका अग्रज प्रेस युनियनका नेताहरु नविन र माधवको पक्ष विपक्षमा बाँडिएर लागेका थिए । नविनले ७७ मत ल्याएर विजयी बन्दा उनका निकटतम प्रतिद्वन्दी माधवले ६६ मत पाए । त्यस्तै अर्का प्रत्यासी यदुनाथ बन्जराले १७ मत ल्याए ।
सचिव पदमा ८० मत प्राप्त गर्दै प्रदिप पौडेल बिजयी भएका छन् । सचिबमा पौडेलनका निकटम प्रतिद्वन्दी भुपाल गुरुङले ५९ मत प्राप्त गरे भने अर्का उमेद्वार सदिप पौडलले २० मत प्राप्त गरे । अन्य पदमा भने शनिबार नै निविरोध निर्वाचीत भएका थिए ।
खुल्ला उपाध्यक्षमा प्रकाशचन्द्र सापकोटा, महिला उपाध्यक्षमा रविना आले, कोषाध्यक्षमा विजय लम्साल र सहसचिवमा ज्योती हमाल निर्बिरोध निर्बाचित भएका हुन ।
तपाईको प्रतिक्रिया