पोखरा ३१ मा खुल्यो मेलमिलाप केन्द्र

समाधान संवाददाता २०७५ फागुन १४ गते १७:२७

पोखरा महागनरपालिका वडा नम्वर ३१ मा मेलमिलाप केन्द्र स्थापना गरेको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो ।

केन्द्रको मंगलबार पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले गरिन् । केन्द्र उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले मेलमिलाप मार्फत समाजमा सद्भाव कायम हुने बताउदै वडा तहका विवाद समाधानमा सहजता हुने बताइन् ।

उनले मेलमिलापकर्ता न्यायिक समितिकै अंग भएको बताउदै पक्ष विपक्ष दुवैलाई सहमतीमा ल्याएर विवाद समाधान गर्न आग्रह गरिन् । मेलमिलापकर्ताको भुमिका स्थानीय सरकार सञ्चालन ऐन र महानगर न्यायिक समितिको कार्यविधिले तोकेको बताउदै त्यसभित्र रहेर मेलमिलापक गराउन आग्रह गरिन् ।

Advertisement

न्यायिक समिति सदस्य पार्वती कार्कीले न्यायिक कामलाई प्रभावकारी बनाउन वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले गरेका व्यवस्थामा टेकेर न्यायिक समितिले काम गर्ने बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया