बेगनास कप उपाधिका लागि सैनिक ए र फोर टु फाइभ भिड्ने

समाधान संवाददाता २०७५ फागुन १९ गते ९:१२

समाधान संवाददाता

बेगनास ताल किनारमा जारी प्रथम सेभेन ए साइड बेगनास कप सेमिफाइनलका खेल सकिएका छन् । शनिबार भएको पहिलो क्वाटर फाइनल खेलमा सैनिक एले आयोजक बेगनास युवा क्लब माथि २–१ को कठिन जीत निकाल्दै फाइनल यात्रा तय गरेको छ ।

प्रतियोगिताको पहिलो हाफको केही मिनेटमै करण पुनले गोल गर्दै बेगनासको खाता खोलेका थिए । पहिलो हाफमा थपिएको १ मिनेटमै सैनिक एका हेमन्त तामाङले गोल गर्दै बराबरीमा ल्याएका थिए । दास्रोे हाफमा फेरि सैनिकका तर्फबाट सुमन घलेले १ गोल थप्दै सैनिकले अग्रता लिएपछि आयोजक बेगनास आफ्नै घरेलु मैदानमा स्तब्ध बनेको हो । प्रतियोगिताको म्यान अफ दि म्याच सैनिकका हेमन्त तामाङ बने ।

Advertisement

शनिबार नै भएको अर्को सेमिफाइनल खेलमा मेरो नेपाललाई फोर टु फाइभले शून्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सैनिक एसंँग फाइनल भेट पक्का गरेको हो । पहिलो हाफमै विजय गुरुङको १ गोलको मद्दतले अगाडि रहेको फोर टु फाइभले दोस्रो हाफमा फेरि दीपराज गुरुङको अर्को गोल थप्दै अग्रतालाई दोब्बर बनाए । खेलको म्यान अफ दि म्याच फोर टु फाइभका सुशान्त गुरुङ बने ।

महाशिवरात्रिको अवसरमा हुने फाइनल खेलमा उपाधिका लागि सैनिक एविरुद्ध फोर टु फाइभ मैदान उत्रने प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिए ।

Advertisement

यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशि रहेको खेलमा दर्शकको उल्लेख साथ र सहभागिता रहेको क्लबका अध्यक्ष रामबहादुर रानाभाटले बताए । प्रतियोगितामा तेस्रो उपाधिका लागि आयोजक बेगनास र मेरो नेपाल सोमबार मध्याह्न भिड्ने छन् ।

प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेस्रो हुनेले १५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु ८ हजार उच्च गोलकर्ताले ५ हजार, उत्कृष्ट प्लेमेकर ५ हजार, उत्कृष्ट डिफेन्स ५ हजार र उत्कृष्ट गोल रक्षकले ५ हजार प्राप्त गर्नेछन् । अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया