मध्यनेपाललाई आध्यात्मिक उपत्यका बनाऔं– मुख्यमन्त्री

समाधान संवाददाता २०७५ फागुन २१ गते ८:३५

समाधान संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङको मध्यनेपाल नगरपालिकालाई अध्यात्मिक उपत्यकाका रुपमा विकास गर्नुपर्ने धारणा राखेका छन् । गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गर्दै समृद्धिका लागि उपयोग गर्नुपर्ने भन्दै उनले आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने बताए ।


मध्यनेपालको करापुटारमा शिवरात्रिका अवसरमा आयोजित धार्मिक महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले करापुटारको महिमालाई फैलाउनुपर्ने बताए । सन्तान प्राप्ती र चाहेका कुरा पूरा हुने विश्वास रहेको करापुटारको प्रचार प्रसार हुनुपर्ने बताउँदै उनले भने, ‘मध्यनेपालमा धार्मिक र अध्यात्मिक पर्यटक आकर्षण गर्नुपर्छ ।

Advertisement

इशानेश्वर महादेव क्षेत्रको संरक्षण र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले आगामी आर्थिक वर्षको बजेटमा योजना पार्ने बताए । इशानेश्वर क्षेत्रको विकासमा आफ्नो अधिकतम पहल रहने समेत उनले बताए ।

महोत्सवमा लगाइएको श्रीमद् भागवत सप्ताह महापुराणमा मुख्यमन्त्री गुरुङ र उनका श्रीमती एवं क्व्होलासोंथर गाउँपालिकाका उपप्रमुख कुमारीमुनि गुरुङले ७५ हजार रुपैयाँ दान गरेका छन् । कार्यक्रममा कास्कीको रुपमा गाउँपालिका प्रमुख नवराज ओझाले इशानेश्वर क्षेत्र लमजुङ र कास्कीको सिमानामा पर्ने भन्दै यस क्षेत्रको विकासमा रुपा गाउँपालिकाको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए ।

Advertisement

कार्यक्रममा इशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्री, मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डे लगायतले महापुराणमा दान दिनेहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया