सुनको मूल्य ३ सय घट्यो
समाधान संवाददाता
२०७५ फागुन २२ गते ११:४७

समाधान संवाददाता, काठमाडाैं
आज सुनको मूल्य ३ सय रुपैयाँ घटेको छ।
हिजो प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ६० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँ घटेको छ। हिजो प्रतितोला ७ सय ५० रुपैयाँमा चााँदीको कारोबार भएको थियो। आज प्रतितोला मूल्य ७४० रुपैयाँमा झरेको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया