आन्दोलिनमा रहेका त्रिभुवन विमानस्थलका सफाइ कर्मचारी काममा फर्किए

समाधान संवाददाता, समाधान
समयका तलब नपाएपछि आन्दोलन थालेका त्रिभुवन विमानस्थलका सफाइ कर्मचारी काममा फर्किएका छन् । उनीहरुले बुधबार बिहान एक घण्टा काम रोकेका थिए ।
सफाइको ठेक्का लिएको कम्पनीलाई सरकारले दिनुपर्ने रकम तत्कालै उपलब्ध गराउने सहमति भएपछि उनीहरु काममा फर्किएका हुन् । विमानस्थलको सफाइको लागि साेही कम्पनीले कामदार खटउने गरेकाे छ ।
तर, पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्डमा पुगेको कम्पनीलाई रकम निकासा दिने प्रस्ताव अलपत्र परेको छ । यसैका कारण कम्पनीले कामदारलाई पारिश्रमिक दिन सकेको छैन ।
विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री कर्मचारीलाई मनाएर काममा फर्काएको बताउँछन् । उनले केही दिनभित्रै बोर्डमार्फत निर्णय गरेर कम्पनीलाई रकम उपलब्ध गराउने बताए ।

तपाईको प्रतिक्रिया