टीकापुर घटनाः रेशम चौधरीलाई जन्मकैद, लक्ष्मण र लाहुराम छुट्दै

समाधान संवाददाता २०७५ फागुन २२ गते १४:३५

समाधान संवाददाता, धनगढी

टीकापुर हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई आजै रिहा गर्न आदालतले आदेश दिएको छ ।
अदालतले लक्ष्मण चौधरी, लाहुराम चौधरी लगायतलाई तीन वर्ष कैदको फैसला सुनाइएको थियाे । तर उनीहरुले कैद भुक्तान गरिसकेकाे हुनाले आजै रिहा गर्न आदेश दिएकाे छ ।
अदालतले पक्राउ परेका तीनजनालाई भने निर्दाेश रहेको ठहर गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया