रेशम चौधरी ०९४ साल फागुन १३ गतेसम्म जेलमा

समाधान संवाददाता २०७५ फागुन २३ गते ८:१३

देशसञ्चार

टिकापुर घटनामा संलग्न मध्ये रेशम चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

सरकारले उनीहरुलाई सर्वस्वसहित जन्मकैद सजाय माग गरे पनि जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले जन्मकैद मात्र सजाय हुने फैसला गरेको छ ।

Advertisement

अरु १२ जनालाई भने ३ वर्ष सजाय तोकिएको कैलाली जिल्ला अदालतले जनाएको छ । ३ वर्ष जेल सजाय पाएका सबैले सजाय भोगीसकेका छन् ।

जिल्ला अदालतको फैसलाअनुसार जन्मकैद सजाय पाउने दोषीले २० वर्ष जेलमा बस्नुपर्ने हुन्छ । २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट आन्दोलनको नाममा एसएसपीसहित आठ जना प्रहरी र डेढ वर्षेको नाबालकको हत्या भएको थियो । हत्यामा सयौैं संलग्न भए पनि प्रहरीले ५८ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

Advertisement

मुद्दा दायर भएका मध्ये थुनामा हरेका २७ जनाबारे बुधबार जिल्ला अदालतले फैसला गरेको हो । अदालतले प्रहरीको हतियार तथा बन्दोवस्तीका सामान लुटिएको भन्ने सम्बन्धमा डाँका मुद्दामा भने ठहर नभएको फैसला दिएको छ ।

जन्मकैद सजाय पाएका ११ दोषी को कहिले जेलबाट छुट्छन् ?

रेशमलाल चौधरी २०९४ साल फागुन १३ गते

हरिनारायण चौधरी २०९२ साल भदौ ७ गते

राजकुमार कठरिया २०९२ साल भदौ ७ गते

सुन्दरलाल कठरिया २०९२ साल भदौ ७ गते

बृज मोहन डगौरा २०९२ साल भदौ १३ गते

राजेश चौधरी २०९२ साल भदौ १३ गते

बीरबहादुर चौधरी २०९२ साल भदौ १३ गते

प्रदीप चौधरी २०९२ साल भदौ २७ गते

बसताराम चौधरी २०९२ फागुन ३० गते

श्रवण चौधरी २०८२ साल भदौ २४ गते

गंगाराम डगौरा चौधरी २०९५साल मंसिर २६ गते

तपाईको प्रतिक्रिया