नर्सिङ परिषद् निर्वाचित प्रतिनिधिविहीन

समाधान संवाददाता २०७५ फागुन २६ गते ७:२६

समाधान संवाददाता

नेपाल नर्सिङ परिषद्मा निर्वाचित सदस्यको पदावधि सकिएको छ । परिषदमा १५ जना बोर्ड सदस्य रहने व्यवस्था छ । ६ महिनादेखि विभिन्न सदस्यको पदावधि समाप्त भएकाले परिषदको काम कारबाहीमा असर परेको बोर्ड सदस्य राधिका रेग्मीले जानकारी दिइन् ।

नेपाल नर्सिङ परिषद्को ऐन तथा नियवाली अनुसार परिषदमा कुनै सरकारको मन्त्री स्तरीय सिफारिसमा नियुक्त हुने व्यवस्था छ । कुनै प्रतिनिधि नेपाल नर्सिङ संघका आजीवन सदस्यहरुबाट निर्वाचित हुने व्यवस्था छ । ‘निर्वाचित सदस्यको म्याद समाप्त भइसक्दा पनि पदपूर्तिका लागि नीतिगत प्रयास भएको छैन,’ बोर्ड सदस्य रेग्मीले भनिन्, ‘परिषद्का अध्यक्ष उपाध्यक्ष तथा रजिस्ट्रारले आफ्नो स्वार्थ पूरा गराउन मनोमानी ढंगले परीक्षा गर्न लागेको खुल्न आएको छ ।’

Advertisement

परिषद्का पदाधिकारीले गुपचुप रुपमा नाम दर्ता प्रमाणपत्र परिक्षा गर्न लागेको दाबी गर्दै उनले बिनासदस्य सचिव परीक्षा गर्न लागेकोमा आपत्ति प्रकट गरिन् । नाम दर्ता परीक्षामा सदस्य सचिव निर्वाचित सदस्यबाट हुने व्यवस्था भए पनि त्यसलाई लत्याइएको उनले भनाइ छ ।

नेपाल नर्सिङ परिषद्ले नर्सिङ सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनमा ध्यान दिँदै आएको छ । परिषद्ले नर्सिङ व्यवसायीको योग्यता अनुसारको नाम दर्ता गर्ने प्रयोजनका लागि नाम दर्ता प्रमाणपत्र परिक्षाको निर्देशिका समेत बनाएर काम गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया