सिडब्लुएसएनद्धारा विद्यार्थीलाई शैक्षिक सहयोग

समाधान संवाददाता २०७५ फागुन २६ गते ७:२९

समाधान संवाददाता

बाल हितकारी परियोजना नेपाल (सिडब्लुएसएन) ले पोखरा महानगरपालिका वडा नम्बर २८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयका विद्यार्थीलाई शनिबार शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण गरेको छ ।

संस्थाको विद्यालय सहयोग कार्यक्रम अन्तर्गत कक्षा १ देखि ५ सम्मका ५५ जना विद्यार्थीलाई पोसाक र कक्षा ६ देखि १२सम्मका १ सय २० जना विद्यार्थीलाई झोला वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीलाई २ लाख बराबरको शैक्षिक सहयोग गरिएको परियोजना नेपालका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिए ।

Advertisement

कार्यक्रममा आन्तरिक राजस्व कार्यलय पोखराका कर अधिकृत विजय लामिछानेले शैक्षिक सहयोगले विद्यार्थीलाई पठन पाठनमा सहयोग पुग्ने बताए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्नका लागि सबै क्षेत्रको सहयोग आवश्यक भएको उल्लेख गरे ।

बाल हितकारी परियोजना नेपालका अध्यक्ष गोविन्दराज पहारीले शिक्षक अभिभावक र विद्यार्थी बीचको त्रिपक्षीय समन्वयबाट शैक्षिक क्षेत्रमा सुधार गर्न सकिने बताए । ‘त्रिपक्षीय रुपमा समन्वयकारी भूमिका नभए शिक्षाको लगानी बालुवामा पानी हुन्छ,’ अध्यक्ष पहारीले भने, ‘शिक्षामा सुधार गर्न अभिभावकले विद्यार्थीको पठन पाठनमा चासो बढाउन आवश्यक छ ।’ विद्यालयका प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीले भौतिक पक्षसगै शैक्षिक गुणस्तर कायम गर्ने कसीमा सामुदायिक विद्यालय सधै खारिन पर्ने अवस्था आएको बताए ।

Advertisement

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर २८ का वडा सदस्य अम्बिका बुढाथोकी, विद्यालय व्यवस्थापन समितिका सदस्य लालमोहन तिवारी, सहायक प्रधानाध्यापक श्यामबहादुर केसी, शिक्षक ऋषिराम रानाभाट सामुदायिक विद्यालयको अभाव र आवश्यकतालाई पूरा गर्न सके प्रतिस्पर्धी क्षमतालाई बढाउन सकिने बताए ।

तपाईको प्रतिक्रिया