चिरान काठ सहित १ पक्राउ

समाधान संवाददाता २०७५ फागुन २८ गते ८:४६

समाधान

सालका काठ चोरी गरेको अभियोगमा तनहुँको भानु नगरपालिका ८ का लक्ष्मीप्रसाद न्यौपानेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।सालका काठ चोरी गरी आफ्नो घर नजिकैको टौवामुनि तथा धन्सार लुकाइछिपाई राखेको गोप्य सूचनाको आधारमा प्रहरीले न्यौपानेलाई पक्राउ गरेको हो ।

स्थानीय, जनप्रतिनिधि तथा वन कार्यालयका कर्मचारीसमेतको रोहवरमा न्यौपानेले प्रयोग गर्दै आएको बुद्धिबहादुर सार्कीको धन्सारभित्र लुकाई छिपाई राखेको ३६ थान र उनको टौवामुनि लुकाइछिपाई राखेको १६ थान गरी जम्मा ५२ थान (१२२.९२ क्युफिट) अवैध सालको चिरान काठ बरामद गरेको हो । पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धान एवं कारबाहीको लागि सब डिभिजन वन कार्यालय भानुमा बुझाइएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया